काठमाडौं २० साउन– नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भारत भ्रमणको एजेण्डा जानकारी गराउन मागग गरेको छ । व्यबस्थापिका संसदको शुक्रवार बसेको बैठकको विशेष समयमा नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भ्रमण पर्यटकीय वा ओहोदाको प्रमाणपत्र बुझाउने जस्तो हुन नहुने बताएका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा के के हो ? नेपालले के के पाउने र के के दिने हो ? जनताको बिचमा चर्चाको बिषय बनेको छ’ सुवालले भने, ‘प्रधानमन्त्रीको भ्रमण पर्यटकीय वा ओहोदाको प्रमाणपत्र बुझाउने जस्तो हुनु हुदैन भन्ने जनताको गुनासो छ ।’
प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा पञ्चेश्वर कार्यान्वयको कुरा आएको भन्दै सुवालले देशघाती महाकाली सन्धी अनुसार पञ्चेश्वर भारतको जिम्मा लगाउने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको जलस्रोत भारतलाई दिने महंगोका विजुली खारेज गर्ने खेल बन्द्य गर्नुपर्ने बताए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का