मधेसकेन्द्रित राजनीतिक दलका रूपमा चिनिँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) को आन्तरिक कलह बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेपछि सतहमा छताछुल्ल भएको छ । त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, वृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेश्वर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् ।
अन्नपूर्ण पोस्टमा चिरञ्जीवी ढुंगानाले ‘सतहमा राजपाको कलह’ शीर्षक दिएर लेखेको एक कोलमको समाचारअनुसार पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताएका छन् । बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिएका छन् ।
अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा ‘जुनियर’ रहेको दाबी गर्दै त्रिपाठी समूहले ‘जुनियर’ को तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको छ ।त्रिपाठी पक्षले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि लगिएको विधान, घोषणापत्रलगायत केन्द्रीय नेतृत्वको सूचीमा ‘सबैलाई केन्द्रीय सदस्य किन भनिएको’ भनी ठाकुरसमक्ष जिज्ञासा राखेको र ठाकुरबाहेक अध्यक्षमण्डलका केही नेता समकक्षी र केही जुनियर रहेको दाबी गरेको समाचारमा बताइएको छ । समाचारअनुसार यसको प्रत्युत्तरमा ठाकुरले ‘जन्मकुण्डली हेरेर पार्टी नचल्ने’ भन्दै ६ वटा पार्टी एकीकरण भई राजपा गठन हुँदा तत्कालीन पार्टी अध्यक्षलाई अध्यक्षमण्डलमा राखिएको जिकिर गरेका थिए ।
विवादबारे प्रतिक्रिया दिँदै पार्टी महासचिव कौशलेन्द्रकुमार मिश्रले ठाकुर र असन्तुष्ट समूहबीच बिहीबार भएको वार्तापछि उनीहरू चाँडै बैठकमा सहभागी हुने बताएको समाचारमा उल्लेख छ ।समाचारअनुसार साउन १ मा त्रिपाठीको नेतृत्वमा आधा दर्जन सांसदले रुपन्देहीमा भेला गरी अध्यक्ष मण्डललाई साउन १५ सम्मको अल्टिमेटम दिएर विधान अनुमोदन गर्न चेतावनी दिएका थिए ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट