August 4, 2017

किन गरे हृदयेश त्रिपाठीले बैठक बहिष्कार ?

   

 श्रावण २० 

मधेसकेन्द्रित राजनीतिक दलका रूपमा चिनिँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) को आन्तरिक कलह बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेपछि सतहमा छताछुल्ल भएको छ । त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, वृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेश्वर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् ।

अन्नपूर्ण पोस्टमा चिरञ्जीवी ढुंगानाले ‘सतहमा राजपाको कलह’ शीर्षक दिएर लेखेको एक कोलमको समाचारअनुसार पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताएका छन् । बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिएका छन् ।

अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा ‘जुनियर’ रहेको दाबी गर्दै त्रिपाठी समूहले ‘जुनियर’ को तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको छ ।त्रिपाठी पक्षले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि लगिएको विधान, घोषणापत्रलगायत केन्द्रीय नेतृत्वको सूचीमा ‘सबैलाई केन्द्रीय सदस्य किन भनिएको’ भनी ठाकुरसमक्ष जिज्ञासा राखेको र ठाकुरबाहेक अध्यक्षमण्डलका केही नेता समकक्षी र केही जुनियर रहेको दाबी गरेको समाचारमा बताइएको छ । समाचारअनुसार यसको प्रत्युत्तरमा ठाकुरले ‘जन्मकुण्डली हेरेर पार्टी नचल्ने’ भन्दै ६ वटा पार्टी एकीकरण भई राजपा गठन हुँदा तत्कालीन पार्टी अध्यक्षलाई अध्यक्षमण्डलमा राखिएको जिकिर गरेका थिए ।

विवादबारे प्रतिक्रिया दिँदै पार्टी महासचिव कौशलेन्द्रकुमार मिश्रले ठाकुर र असन्तुष्ट समूहबीच बिहीबार भएको वार्तापछि उनीहरू चाँडै बैठकमा सहभागी हुने बताएको समाचारमा उल्लेख छ ।समाचारअनुसार साउन १ मा त्रिपाठीको नेतृत्वमा आधा दर्जन सांसदले रुपन्देहीमा भेला गरी अध्यक्ष मण्डललाई साउन १५ सम्मको अल्टिमेटम दिएर विधान अनुमोदन गर्न चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका