भरतपुर १९ को मतगणनासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनर्मतदानको फैसला सुनाएपछि पक्ष र विपक्षमा विभिन्न तर्क-वितर्क र टिकाटिप्पणी सुरु भएको छ । जनस्तरदेखि उच्च राजनीतिक तहबाट समेत यसबारे समर्थन र विरोधमा प्रतिक्रिया व्यक्त गरिँदै गर्दा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि आ-आफ्नो धारणा ट्वीटमार्फत् सार्वजनिक गरेका छन् । विचारले कोशौँ टाढा रहेका यी दुई नेताको भरतपुर मतगणनाको अदालती फैसलामाथि भने दुरुस्तै धारणा आएको छ ।
बाबुराम भट्टराईले आफ्नो ट्वीटमा भनेका छन्-
‘चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला र? अब जनताले नै फैसला गर्नुपर्ने भो !’
यस्तै, कमल थापाको ट्वीटको भाषा यस्तो छ-
‘सुनियोजित ढङ्गले मतपत्र च्यात्नेलाई कार्वाही गर्नुको सट्टा पुरस्कृत गर्ने कार्य ठिक भएन । अब अन्तिम फैसला जनताको अदालतबाट हुनेछ ।’
जे होस्, अदालतको फैसला प्रचण्डको पार्टीको पक्षमा आएको ठानेर होला, बाबुराम र कमल दुवैले फैसलाको घोर विपक्षमा प्र्रतिक्रिया दिएका छन् । यस मानेमा कमल र बाबुराम एकमत देखिएका छन् ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र