बाबुराम भट्टराई र कमल थापा एकमत !

Kamal-Baburamभरतपुर १९ को मतगणनासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनर्मतदानको फैसला सुनाएपछि पक्ष र विपक्षमा विभिन्न तर्क-वितर्क र टिकाटिप्पणी सुरु भएको छ । जनस्तरदेखि उच्च राजनीतिक तहबाट समेत यसबारे समर्थन र विरोधमा प्रतिक्रिया व्यक्त गरिँदै गर्दा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि आ-आफ्नो धारणा ट्वीटमार्फत् सार्वजनिक गरेका छन् । विचारले कोशौँ टाढा रहेका यी दुई नेताको भरतपुर मतगणनाको अदालती फैसलामाथि भने दुरुस्तै धारणा आएको छ ।

बाबुराम भट्टराईले आफ्नो ट्वीटमा भनेका छन्-
‘चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला र? अब जनताले नै फैसला गर्नुपर्ने भो !’

यस्तै, कमल थापाको ट्वीटको भाषा यस्तो छ-
‘सुनियोजित ढङ्गले मतपत्र च्यात्नेलाई कार्वाही गर्नुको सट्टा पुरस्कृत गर्ने कार्य ठिक भएन । अब अन्तिम फैसला जनताको अदालतबाट हुनेछ ।’

जे होस्, अदालतको फैसला प्रचण्डको पार्टीको पक्षमा आएको ठानेर होला, बाबुराम र कमल दुवैले फैसलाको घोर विपक्षमा प्र्रतिक्रिया दिएका छन् । यस मानेमा कमल र बाबुराम एकमत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक