July 30, 2017

आफ्नै निर्देशन ‘कुल्चँदै’ गृहमन्त्री

काठमाडौं : ‘सुरक्षा निकाय चेन अफ कमान्डमा चल्ने संस्था हो । प्रचारबाजी गर्ने, वक्तव्यबाजी गर्ने र अनावश्यक अन्तर्वार्ता दिने प्रवृत्ति अन्त्य गर्नुस्,’ पदभार ग्रहण गर्नेबित्तिकै गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई दिएको निर्देशन हो यो ।सुरक्षा निकायलाई कमान्डमा राख्ने नेतृत्व पाएका शर्मा आफैँ भने आफ्ना दैनिक गतिविधि ट्विटर र फेसबुकमार्फत सार्वजनिक गरिहाल्छन् ।download

सुरक्षाजस्तो संवेदनशील निकायको कमान्ड सम्हालेका मन्त्री शर्माले ऊर्जा मन्त्रालयमा हुँदाजस्तै ‘सस्तो प्रचार’ रुचाउने गरेको उनको कार्यशैलीले पुष्टि गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका अन्य मन्त्रीभन्दा उनी अलि बढी नै सामाजिक सञ्जालमा अभ्यस्त देखिन्छन् ।

मन्त्रालयमा सुरक्षा निकायबीच भएको गोप्य बैठकका विषयसमेत मन्त्री शर्माले सार्वजनिक गरेका छन् । गत जेठ २४ गते पदबहाली गरेका उनले नेपाल प्रहरीको संघीय संरचना निर्माण र ८४ बुँदे कार्ययोजनाबारे भएको छलफलबारे फेसबुकमा भिडियोसहित पोस्ट गरे । त्यति मात्रै होइन, डीएसपी सञ्जीव शर्मा दासलाई निलम्बन गर्न निर्देशन दिएको कुरासमेत उनले फेसबुकबाटै सार्वजनिक गरिदिए । जबकि प्रहरीको आन्तरिक कारबाही अति गोप्य मानिन्छ ।

मुद्दा-मामिलामा गएपछि अदालतबाट मात्रै दोषी ठहर्ने व्यवस्थाविपरीत शर्माले ‘निलम्बन गर्न’ दिएको निर्देशन सार्वजनिक गर्नु उपयुक्त नभएको प्रहरी अधिकृतहरू बताउँछन् । डीएसपी शर्माको निलम्बन भने तत्कालका लागि टरेको छ । सर्वोच्च अदालतले निलम्बन गर्ने निर्णय अगाडि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र