राप्रपा सरकारमा जाने साइत जुरेन, शेरबहादुरजीलाई धन्यवादः कमल थापा

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले सत्तारुढ दलले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिने बताएपनि नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । Sher-Bahadur-Deuba-Kamal-Thapa

 शनिबार सामाजिक सञ्जालमार्फत एक धारणा सार्वजनिक गर्दै उनले अब पार्टी  शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने स्पष्ट पनि पारेका छन् । उनले प्रधानमन्त्री देउवाको कारण पार्टीलाई सच्चिने मौका मिलेको तर्कसहित उनलाई धन्यवाद दिँदै अब सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने बताएका छन् । 

उनले भनेका छन्, ‘राप्रपालाई नियतिले फेरी एक मौका दिएको छ । सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने । हाम्रो छनौट भन्दा पनि यो अवसर प्रधानमन्त्रि शेरबहादुर देउवाको सौजन्यताबाट प्राप्त भएको हो ।’

प्रधानमन्त्रीलाई भोट हालेको र सरकारलाई समर्थन गरेको आधारमा स्वभाविक रुपले राप्रपा सरकारमा सहभागी हुने मनस्थितिमा भएको तर दोस्रो चरणमा पनि मन्त्रिमण्डलमा सहभागि नगराइएपछि अब सहभागि हुने अध्याय सकिएको थापाको भनाई छ ।  उनले भनेका छन्, ‘ प्रधानमन्त्रि देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका बरिष्ठ नेता पशुपती शमसेर राणा र म स्वयंको उपस्थितिमा उप्रप्रधानमन्त्रि सहित चार मन्त्रालय लिएर सरकारमा सहभागि हुन आग्रह पनि गर्नु भएको हो । अन्ततः मन्त्रिपरिषदको दोस्रो बिस्तार पनि भयो । कारण जेसुकै होस् तर, राप्रपा सरकारमा जाने साईत जुरेन । अब शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय समाप्त भएको छ । कुनै वार्गेनिङ वा मोलतोलले राप्रपाको यो निर्णयलाई प्रभावित गर्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक