कपिलबस्तुमा छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र घरनिकाला

कपिलवस्तु –छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।
 कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । 
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिदै आएको बताईन ।
गर्भवती अवस्थामा रहदै छोरी जन्माए परिवारलाई बोझ हुने भन्दै श्रीमान र ससुराले मानसिक यातना दिँदै आएको उनको भनाई छ  । उनका श्रीमानका ६ दिदिबहिनी रहेका छन् । 
यहि साउन ११ गते श्रीमान र ससुरा दुवै मिलि आफूलाई निर्घात कुटपिट गरी घर बाट निकालेको र तीन महिने छोरीलाई समेत आफूँंग ल्याउन नदिएको उनले गुनासो गरिन् ।
कुटपिट बाट घाईते भएकी उनलाई भैरहवा मेडिकल कलेजमा उपचार गराई माईतीमा लगिएको छ । 
सविनाकी आमा सायरा पठानले छोरीले बारम्वार यातना सहनु परेको भन्दै न्याय दिलाइदिन सरोकारवालासँग आग्रह गरेकी छिन्  । जिप्रपामा   उजुरी समेत पीडित पक्षले हालिसकेको छ । 
११ लाख ५० हजार भारतीय मूल्यको  महिन्द्रा गाडि दाईजो दिएर छोरीको विवाह गरिदिएको स्मरण गर्दै आमा सायराले त्यहि दाईजो पनि कम भएको भनेर सुरु देखि नै पटक—पटक छोरीलाई यातना दिंदै आएको बताइन् । 
उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले भने दुवै पक्षबाट उजुरी परेको र थप अनुसन्धान पछि मात्र सत्यतथ्य सार्वजनिक गरिने  बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो