१३ साउन, काठमाडौं– निर्वाचन आयोगका पदाधिकारीहरुले प्रदेशको सीमांकनका क्रममा विभाजित भएका दुई जिल्लाबारे टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री देउवालाई भेट गरी दुई वटा प्रदेशमा पर्ने नवलपरासी र रुकुम जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि नेपाल सरकारको तर्फबाट जिल्ला समन्वय समितिको गठन कसरी गर्ने भन्ने सम्बन्धमा स्पष्ट हुन आवश्यक रहेको बताए ।
भेटका क्रममा आयोग पदाधिकारीहरुले २०७४ माघ ७ गतेसम्म सम्पन्न गर्नुपर्ने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समयमै उपलब्ध हुनुपर्नेमा जोड दिए । स्थानीय तह प्रदेश नम्बर २ को निर्वाचनको तयारीको बारेमा आयोगले गरेका तयारी तथा निर्वाचन सम्पन्न भएका जिल्लाहरूमा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन भइरहेको सन्दर्भमा समेत छलफल भएको थियो ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतपत्रको वैकल्पिक उपाय विद्युतीय मेशिनको प्रयोग गरी निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । साथै निर्वाचनको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटैृ आयोगलाई उपलब्ध गराई दिन तथा निर्वाचनको मिति यथाशक्य छिटो घोषणा गर्न पनि आग्रह गरिएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले छिटृै नै आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई उपलब्ध गराउने विश्वास दिलाएका थिए ।
प्रधानमन्त्री देउवालाई भेट गर्न यादवसहित आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका कायममुकायम सचिव
महेश्वर न्यौपान प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, मु
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्