July 28, 2017

राप्रपा देउवा सरकारमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । राप्रपाको शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारमा नजाने निर्णय गरेको हो ।

राप्रपाका एक नेताले पार्टीले सरकारमा नजाने निर्णय गरेको जानकारी दिए ।

राप्रपाले सरकारमा नजाने निर्णय गरे पनि देउवालाई दिँदै आएको समर्थन भने यथावत राखेको छ ।

यसअघि देउवा नेतृत्वको सरकारमा जान राप्रपा उत्सुक देखिएको थियो । तर, राप्रपाविनै देउवाले १९ मन्त्री थपेपछि राप्रपा रुष्ट बनेको थियो । राप्रपाले सरकारमा सहभागी नहुने राजनीतिक कारण भने खुलाएको छैन ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सरकार त्यागेको थियो । महाभियोगमा सत्तासाझेदार दलबीच छलफल नगरेको भन्दै उसले तत्काल प्रतिक्रिया जनाउँदै सरकार त्यागेको थियो । त्यसयता राप्रपाले सत्तारुढ हुने चाहना राख्दै आइरहे पनि सत्ता टाढिँदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक