पार्टीमा क्षमतावान मान्छेको थुप्रो लाग्योः डा. बाबुराम

११ साउन,काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद् बैठक बुधबारदेखि सुरु भएको छ । काठमाडौं बुद्धनगरस्थित एक ब्याङ्केटमा बुधबारबाट सुरु भएको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

nayashakti-fc-meeting-2_FaeMSSvpBzसंयोजक डा. भट्टराईले बैठकमा प्रतिवेदन पेश गर्दै सिमेन्ट, गिट्टी, बालुवा, छड, पानी मिसाएर कंक्रिट निर्माण गरेजस्तो धेरै किसिमका प्रतिभा भएका सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको विज्ञतालाई एकै ठाउँमा राखेर वैकल्पिक शक्ति निर्माण अभियान सुरु गरिएको बताए । उनले अहिले मुलुकमा पुराना राजनीतिक पार्टीहरुले विकल्प दिन नसक्ने भन्दै त्यसको अभाव पूरा गर्नका लागि आफूहरु वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा अघि बढेकोसमेत प्रष्ट पारे ।

‘माओवादी संविधान नबन्दासम्म क्रान्तिकारी र अग्रगामी शक्ति नै थियो’ उनले भने ‘तर, संविधान बनेयता माओवादीले त्यो क्रान्तिकारीता गुमायो र ऊ अहिले पुराना संसदीय शक्तिहरु जस्तै सत्तालिप्सामा केन्द्रीत भएको छ । त्यसैले हामी अब देशलाई निकास दिनका लागि नै वैकल्पिक शक्ति निर्माणको अभियानमा अघि बढेका हौं र नयाँ शक्ति त्यही विकल्प निर्माणको प्रयास हो ।’ 

बैठकमा पार्टीभित्रको कमजोरी औंल्याउँदै उनले भने ‘पार्टीमा क्षमतावान् मान्छेहरुको थुप्रो त लाग्योे तर, टिमबद्ध र एकताबद्ध शक्ति हुन सकेन ।’ उनले पार्टीलाई सम्पूर्ण रुपले पुर्नगठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै पुरानो परिचयलाई बिर्सेर मात्र नयाँ शक्ति बन्ने भएकोले सबै नेता कार्यकर्ताहरुलाई पुरानो परिचयको ह्याङओभरबाट मुक्त हुन आग्रह पनि गरे । 

पार्टी पुनर्गठनको आवश्यकतामाथि जोड दिंदै संयोजक भट्टराईले विद्यमान केन्द्रीय कार्यकारी समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर २ नम्बर प्रदेशबाहेक अन्य सबै प्रदेशका स्थानीय तहहरुमा यहि असोज मसान्तभित्र पहिलो स्थानीय अधिवेशन सम्पन्न गरी केन्द्रीय परिषद्मा स्थानीय तहबाटै चुनिएर आउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । ‘सबै तलबाट चुनिएर आउनुपर्छ, म पनि तलबाटै चुनिएर आउँछु’ उनले भने – ‘अब कसैलाई टिका लगाएर केन्द्रीय परिषद् सदस्य बनाइने छैन ।’

बैठकमा करिब ७ सय संघीय परिषद् सदस्यहरुको उपस्थिति रहेको छ । भोलि (बिहीबार)सम्म चल्ने परिषद् बैठकमा संयोजक डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुने र आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने