वडाध्यक्षलाई मोटरसाइकल बाड्ने तयारी,

सुर्खेत । स्थानीय तहको निर्वाचन पछी गाउपालिकाको वडाध्यक्ष जित्नेलाई मोटर साइकल बाड्ने तयारी हुदै छ । चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटर साइकल बाड्न लागिएको हो । उक्त मोटरसाइकल खरिदका लागी २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ ।गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ । आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको छ ।गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिद गर्न १० लाख र वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न १२ लाख ५० हजार रकम छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले सहजताका लागि मोटरसाइकल खरिद गर्न लागिएको बताए ।bike

एम्बुलेन्स समेत नभएको गाउँपालिकामा वडाध्यक्षलाई मोटरसाइकल किन्ने निर्णय भएको भन्दै स्थानीयले भने बिरोध जनाएका छन् ।स्थानीय किरण विसीले विरामी हुँदा समयमै उपचार नपाएर मृत्यु हुनुपर्ने बाध्यता रहेको गाउँपालिकामा एम्बुलेन्स खरिद नगरी मोटरसाइकल खरिदका लागि मात्रै २२ लाख ५० हजार रकम छुट्याइएको भन्दै यस्तो निर्णय सच्याउनु पर्ने माग गरेको बताए ।

सार्वजनिक यातायातबाट चढेर काम गर्न नसकिने तथा एम्बुलेन्स नहुनुसँग मोटरसाइकल खरिदको सम्बन्ध नभएको भन्दै सवारी साधन नभएका वडाको लागी मोटरसाइकल किन्न लागीएको गाउँपालिका अध्यक्ष शाहीले बताए । साथै गाउँपालिका कार्यालयका लागि पनि मोटरसाइकल खरिद गर्ने निर्णय भएको बताएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पटक-पटक केन्द्रबाट गएको बजेट सवारी साधन, जनप्रतिनिधिको सुविधामा खर्च नगर्न निर्देशन दिएको भएता पनि त्यसको व्यवास्था गर्दै स्थानीय निकायहरुले त्यसलाई सिंहदरबारको हस्तक्षेप भन्दै विरोध गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक