July 24, 2017

विद्यार्थी परिचयपत्रमा रात्री छुट प्रकरण, जिल्ला प्रशासनले जिल्ला प्रहरीलाई पत्र काट्यो (पत्रसहित)

पोखरा । विद्यार्थी परिचयपत्रमार्फत सार्वजनिक यातायातमा छुटको माग गर्दा छात्राहरुलाई दुव्र्यवहार गर्ने यातायात सहचालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पत्र काटेको छ । आइतबार पीडित छात्राहरुले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई लिखित उजुरी दिए पछि प्रशासनले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

शुक्रबार साँझ पोखराबाट लेखनाथ जाने क्रममा पोखरा विश्वविद्यालयमा अध्ययनरत पाँच जना छात्राहरुलाई स्थानिय श्रृंगा यातायातका सहचालकले दुव्र्यवहार गरेपछि छात्राहरुले विभिन्न सम्बन्धित निकायहरुमा लिखित उजुरी गरेका थिए । विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाहेक, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखरा उपत्यका नगर विकास समिति लगायतका कार्यालयहरुमा कारबाहीको माग तथा छुटको ग्यारेन्टी माग गरेका थिए ।

ना ५ ख ४३३५ नं. को बसले साँझ ७ः३० बजे विद्यार्थी छुटको माग गर्दा उनीरुलाई बसबाट झर्न दवाव दिँदै आफुहरुमाथि अभद्र व्यवहार गरी आतंकित बनाएको पीडित विद्यार्थी प्रमिला पौडेलले बताइन् । उनीहरुले विद्यार्थीहरुलाई प्रदान गरिने विद्यार्थी छुटको अनुगमनका लागि एक निकाय बनाई हटलाइन सेवाको समेत माग गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका