
पोखरा । विद्यार्थी परिचयपत्रमार्फत सार्वजनिक यातायातमा छुटको माग गर्दा छात्राहरुलाई दुव्र्यवहार गर्ने यातायात सहचालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पत्र काटेको छ । आइतबार पीडित छात्राहरुले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई लिखित उजुरी दिए पछि प्रशासनले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
शुक्रबार साँझ पोखराबाट लेखनाथ जाने क्रममा पोखरा विश्वविद्यालयमा अध्ययनरत पाँच जना छात्राहरुलाई स्थानिय श्रृंगा यातायातका सहचालकले दुव्र्यवहार गरेपछि छात्राहरुले विभिन्न सम्बन्धित निकायहरुमा लिखित उजुरी गरेका थिए । विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाहेक, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखरा उपत्यका नगर विकास समिति लगायतका कार्यालयहरुमा कारबाहीको माग तथा छुटको ग्यारेन्टी माग गरेका थिए ।
ना ५ ख ४३३५ नं. को बसले साँझ ७ः३० बजे विद्यार्थी छुटको माग गर्दा उनीरुलाई बसबाट झर्न दवाव दिँदै आफुहरुमाथि अभद्र व्यवहार गरी आतंकित बनाएको पीडित विद्यार्थी प्रमिला पौडेलले बताइन् । उनीहरुले विद्यार्थीहरुलाई प्रदान गरिने विद्यार्थी छुटको अनुगमनका लागि एक निकाय बनाई हटलाइन सेवाको समेत माग गरेको उनले जानकारी दिइन् ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्