श्रीमतीबीचको सम्पत्ति विवाद : चार जनाको सामूहिक हत्या

साउन ७,काभ्रे– पत्याउनै नसकिने घटना । एउटै परिवारका  वा आत्महत्या ? प्रश्न अनुत्तरित छ ।  तर पनि घटना हुनुका प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछ । बनेपास्थित नयाँ बसपार्कमा शुक्रबार राति निकै भिडभाड थियो । एउटै परिवारका चार जना सदस्यको रहस्यमय मृत्युले आमसर्वसाधरण बनेपा बसपर्कमा थुप्रिएका हुन् । कारण एकै  परिवारका चार जनाको मृत्युको कारण केहो भन्ने जान्न। रातभर सर्वसाधरण जागा रहे, प्रहरी अनुसन्धानमा लागिसकेको छ । तर घटनाको चुरो अझैं आउन सकेको छैन ।  

एकै परिवारका बावु ,आमा छोरा र छोरीको मृत्यु भएपछि अहिले dsc08514_n0ZDSjTr9E
बसपार्क हजारौको संख्यामा सर्वसाधरण झुम्एिका छन् । स्तब्ध बनेका छन् । 

शुक्रबार राती एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रीमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए ।

भित्रबाट सटर बन्द गरी ताल्चा लगाइएको सटर मुन्तिर प्रहरीले सिसा फुटेको देखेपछि सटर फुटाई हेर्दा सटर भित्र मृत अवस्थामा एकै परिवारका चार सदस्य मृत भेटिएका थिए । घटनामा सेल्फस विष प्रयोग गरिएकोले अत्यन्त्रै दुर्गन्धित छ । तिन वटा शव भूईँमा पल्टिएका अवस्थामा भेटिएको थियो भने एउटा शव (छोरीको) खाना खाने बेन्चमै छ । होटलका सर सामान सामान्य अवस्थामै देखिन्छ तर चार जनाको ज्यान गएको घटनाको चुरो कुरा अहिलेसम्म आउन सकेको छैन ।  
शनिवार विहानदेखि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोली नै  आएर घटनाको अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक