६ साउन,काठमाडौं–नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेवहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयपछि एउटै सार्वजनिक मञ्चमा देखिएका छन् । यो संयोग भने निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था नेपाल उद्योग परिसंघ (सिएनआई) ले जुराएको हो ।

निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था नेपाल उद्योग परिसंघको १४ औं साधारणसभाको उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री देउवा, ओली र प्रचण्ड राजधानीको सोल्टी होटलमा एउटै मञ्चमा देखिएका हुन् । प्रधानमन्त्रीवाट प्रचण्डले राजीनामा गरेपछि तीन नेता एउटै सार्वजनिक मञ्चमा देखिएको यो पहिलो पटक हो ।
एमाले अध्यक्ष केपी ओली सरकारलाई माओवादीले साथ नदिने र प्रधानमन्त्रीमा प्रचण्ड आफै अघि सर्ने भएपछि एमाले र माओवादी केन्द्रबीच सम्वन्ध चिसिएको थियो । ओलीको राजीनामा पछि काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि ओली र प्रचण्ड एउटै सार्वजनिक कार्यक्रममा कमै देखिएका थिए । तर, आज प्रधानमन्त्री देउवा, ओली र प्रचण्ड लामो समयपछि एउटै मञ्चमा देखिएका हुन् । माओवादी केन्द्र सहितको देउवा सरकारलाई अहिले समस्या पर्दै गएको ओली–प्रचण्ड नजिक हुन सक्ने अनुमान सुरु हुदै गर्दा यो पनि अर्को संयोग बनेको हो । यद्यपि, यो राजनीतिक कार्यक्रम भने होइन ।
सिएनआईले यसअघिनै साधारणसभाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि बनाउने र दुई पूर्व प्रधानमन्त्री ओली र प्रचण्डलाई विषेश अतिथि बनाउने निर्णय गरेको थियो । दिउँसो ३ वजे ३० मिनेटमा उद्घाटन हुने भनिएको यो कार्यक्रमको उद्घाटनसभामा पूर्व प्रधानमन्त्री प्रचण्ड सबैभन्दा अगाडी पुगेका थिए । त्यसपछि केपी ओली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्री देउवा भने ४ वजेर १० मिनेट जाँदा सोल्टी पुगेका हुन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि