६ साउन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले असन्तुष्ट वरिष्ठ नेता पशुपति शमशेर राणासँग थप छलफल गर्ने बताएका छन् । थापाले एकलौटी रुपमा आफू निकटका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि असन्तुष्ट नेता राणासँग थप छलफल गर्ने बताएका हुन् । अस्तिदेखि शुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठक राणा पक्षले वहिस्कार गरेपछि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
यस्तै राप्रपाले नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्वीर राख्न सरकारसँग माग गर्ने भएको छ । पृथ्वी नारायण शाह राष्ट्र निर्माता भएकाले नेपाली नोटमा उनको तस्बिर राख्नु पर्ने राप्रपाको माग छ । राप्रपाले स्थानीय चुनावको क्रममा मारिएका आफ्ना नेता धनरुप बटालालाइ सहिद घोषणा गर्न र क्षतिपुर्ती दिन पनि सरकारसँग माग गरेको छ ।
स्थानीय चुनावमा अनपेक्षित हार भएको भन्दै पार्टी अध्यक्षको नाताले पराजयको नैतिक जिम्मेवारी आँफुले लिने अध्यक्ष कमल थापाको भनाई छ । आगामी असोज २ गते हुने तेस्रो चरणको चुनावमा युध्दस्तरमा खट्न कार्यकर्तालाई पार्टीले निर्देशन दिएको छ ।
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा