अाेलीकाे कडा बाेली :पदको लोभमा देशलाई अहित हुने काम नगराै !

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ ।नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको बताउँदै भन्नुभयो, “राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन, त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुँदैन ।”kp-oli-2_5GuPfKT0CI-1-700x419

अध्यक्ष ओलीले तीन तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार गर्नुपर्ने र त्यसका लागि सबै राजनीतिक दल इमान्दार हुनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालको इतिहासलाई हेर्दा ऋषिमुनिहरुको योगदान कम छैन, भौगोलिक रुपमा हेर्दा विश्वकै अग्लो सगरमाथा यहीँ छ, तर त्यसअनुसार विकास हुन सकेको छैन ।”अध्यक्ष ओलीले विराटनगरबाट शुरु भएको नेपालको टे«ड युनियन अहिले आएर प्रभावकारी भएको बताउँदै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जिफन्टबाट २२० जना प्रतिनिधि विजयी भएका छन्, यो हिजोको मजदुर आन्दोलनकै उपलब्धि हो ।” जिफन्टका अध्यक्ष विष्णुप्रसाद रिमालले समाज परिवर्तन र विकास गर्न श्रमिकको ठूलो योगदान रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र