देउवा : २ नम्बर प्रदेश कांग्रेसकालागि जीवन मरणको सवाल

५ साउन,काठमाडौं  – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशमा चुनाव जित्नु नेपाली कांग्रेसका लागि जीवन मरणको सवाल भएको बताएका छन् । दुई चरणमा सम्पन्न भएका चुनावमा कांग्रेसले व्यहोरेकोे क्षतिपूर्ति २ नम्बर प्रदेशबाट लिनुपर्ने उनले बताए ।

कांग्रेस प्रदेश नम्बर २ का नेता कार्यकर्ताको भेलालाइं बिहीवार काठमाडौंमा सम्बोधनगर्दै देउवाले प्रदेश नम्बर दुइमा कांग्रेस पहिलो पार्टी बन्नु पर्ने बताएका हुन् । ‘यसअघि ठाउँठाउँमा अन्तरघात भयो, अन्तरघात गराउने माथि तुरुन्तै कारबाही हुन्छ’ देउवाले भने, ‘पार्टीमा बस्ने टिकट पाएन भनेर अन्तरघात गर्ने ? टिकट पाएन भनेर अन्तरघात गर्न पाइन्छ ?’

देउवाले आफूलाई भेट्न आउँनेजति सबैले आफूले चुनाव जित्ने दावी गर्ने गरेको सुनाए । उनले दुई नम्बर प्रदेशमा तोकिएको समयमै चुनाव हुने बताए । राजपासँग पनि कुरा भइरहेको र राजपा चुनावमा सहभागि हुने देउवाले विश्वास गरे ।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघात भएकोले धेरै ठाउँमा चुनाव हारिएको बताए । ‘म अहिले सभापतिलाई भन्न चाहन्छु । यो कुरा भित्रि कोठामा पनि भनेको छु । पार्टीमा अन्तरघात भएकै हो । यसको जिम्मा लिने कि नलिने ?’ पौडेलले भने ‘सभापतिकै मान्छेबाटै अन्तरघात भएको छ ।‘

पौडेलले आफू समावेशरी र समानुपातिकको पक्षमा रहेपनि पार्टी समावेशी नभएको आरोप लगाए । उनले टिकट वितरण पनि गुटको आधारमा भएको दावी गरे । ‘सिधै केन्द्रमा नेतालाई भनसुन गरे टिकट दिइने रहेछ । तर यो गलत छ । जनताले चिनेको लाई पो टिकट दिने हो त’ पौडेलले भने । पौडेलले राजपालाई धेरै पर्खेर बस्न नहुने बताए ।

नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्रको अन्तरघातले पार्टी पछि परेको भन्दै यसलाई गम्भीर रुपमा लिइनुपर्ने बताए । ‘कांग्रेसलाई कांग्रेसले नै हराएको छ’ सिटौलाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक