०३ साउन, चितवन ।चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो ।यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै आएको थियो । सोमबार साँझदेखि रोकिएका गाडी पहिरोका कारण आज जान पाएका छैनन् । पहिरो पन्छाउन केही घण्टा लाग्ने जनाइएको छ ।
जिप्रका, चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार असार २५ देखि रातिको समयमा गाडी रोकेर बिहानमात्रै पठाउने गरिएको छ । पहिरोले सबै गाडी रोकिएका छन् ।ठूला बस, मिनीबस, माइक्रोबस तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाड्ने गरिएको छ ।पोखराबाट आउने सवारीलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौँबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिएको छ । ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र बिहान ५ बजे छाड्ने गरिएको छ ।यस्तै, चितवनबाट जाने ट्रकलाई जुगेडी चौकी आसपासमा
साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने गरिएको छ ।
पोखराबाट आउने ट्रकलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडाँैबाट आउने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुवै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने गरिएको भए पनि आज भने पहिरोका कारण सबै गाडी रोकिएका छन् । रासस
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र