काठमाडौं–नेपाली कांगेसका नेता रमेश लेखकले राजपाले तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।
राजपाले निर्वाचन चिन्ह, दल दर्ता लगायत निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढाईरहेको र सरकारले पनि संविधान संसोधनको प्रयत्न जारी राखेकाले राजपा निर्वाचनमा सहभागी हुनेमा आफु विश्वस्त रहेको नेता लेखकले बताए ।
शनिबार रिपोर्टसल क्लबको साक्षात्कारमा नेता लेखकले यस्तो बताईरहदा सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले भने यथास्थितिमा आफुहरु निर्वाचनमा सहभागी नहुने भन्दै द्धविधामा नपर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संविधान संसोधन हुन नसक्ने बताए । वर्तमान आवश्यकता तीनै तहको निर्वाचन सम्पन्न गर्ने भएको भन्दै उनले आवश्यकता र प्राथमिकताको आधारमा एमाले अघि बढ्ने बताए ।
त्यसैगरी नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संविधान संसोधनको प्रयास सरकारले जारी राखेकाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा पनि सहभागी हुदै अघि बढ्नुपर्ने बताए ।
स्थानीय तह निर्वाचनको तेश्रो चरणमा प्रदेश नम्बर २ मा असोज २ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका