एजेन्सी, २९ असार । पाकिस्तानी प्रहरीले एक बालकलाई गधामा बाँधेर मृत्युको मुखमा पुर्याएको आरोपमा गिरफ्तार गरेको छ ।
उक्त घटना पाकिस्तानको अब्बोटाबादभन्दा ८० किमि दक्षिण लोरा गाउँमा भएको हो ।
लोराका जमिनदार मोहम्मद मिसकिनको जमिनमा आठ वर्षीय मुदास्सीरले चराउँदै गरेको वस्तु पसेको थियो । आवेगमा आएर मिसकिनले मुदास्सीरलाई गधामा बाँधेर गधालाई पिट्दै कुदाएका थिए ।
स्थानीय मानिसहरुका अनुसार गधाले मुदास्सीरलाई करिब एक घण्टा घिसारेको थियो ।
मुदास्सीरका बुवा सेर अफजलले आफ्नो छोरालाई निर्दयीपूर्वक हत्या गरे बताएका छन् । उनले गाउँलेहरुले बच्चाको ज्यान बचाउनुको सट्टा आफुलाई खोजेर बसेकोमा गुनासो गरेका छन्।
मुहम्मद मिसकिनले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । अब्बोटाबादको अदालतले भने उनलाई बुधबार गिरफ्तार गरेर दुई दिनसम्म सोधपुछको लागि हिरासतमा राखेको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने