किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?

The-Everest-Hotel-Kathmandu-4

२९ असार, काठमाडौं । काठमाडौं शहरमा ठुल्ठूला होटल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारो होटल एभरेष्ट २५ महिनादेखि बन्द छ । भूकम्पका कारण क्षतिग्रस्त भई बन्द भएको भनिएको होटल भवनको मर्मतको काम सुरु भएको छैन । ११ जना सुरक्षा गार्डको भरमा एभरेष्ट होटल अलपत्र छ ।

भूकम्पपछि हरियो स्टिकर लगाइदिएर पुनः सञ्चालनमा आइसकेको होटलमा केही दिनपछि रातो स्टिकर लगाइएको थियो । भूकम्पपछि उद्धारका लागि आएका चीन, भारत, बेलायत, क्यानडा आदिको टोली नै होटलका अतिथि बनेका थिए ।

 

भारतीय सञ्चार माध्यमको फौज नै होटल एभरेष्टमा बसेको थियो । तर, दोस्रोपटकको अनुगमनमा रातो स्टिकर लाग्यो, होटल बन्द भयो । रातो स्टिकर टाँसिनु अघिल्लो दिनसम्म होटलका एक सय १६ रुम , तीनवटा रेस्टुराँ, एउटा बार र तीनवटा साना ठूला हल भरिभराउ हुन्थे ।

बीमा दावी बिबादित भएपछि होटलको मर्मत र सञ्चालनको काम रोकिएको हो । स्रोतका अनुसार होटलले भवन पूर्ण क्षति भएको भन्दै ठूलो रकम क्षतिपूर्तिवापत दाबी गर्यो । बीमाले सामान्य क्षति मात्रै पुगेको भन्दै दाबी भुक्तानी गर्न इन्कार गरेपछि होटलको मर्मत सुरु नै भएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना