संशोधनको पक्षमा दुई तिहाई पुग्ने अवस्थामा एमालेले संसद चल्न नदिने

Bhim-Acharya२८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले संसदनमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन् । काठमाण्डौंमा भएको कार्यक्रममा सचिव आचार्यले भने, ‘संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा दुई तिहाई पुग्दैन, यदि पुग्ने अवस्था आयो भने हामी जेपनि गर्न बाध्य हुनेछौं ।

सचिव आचार्यले संसोधनका पक्षमा दुई तिहाई पुग्ने अवस्थामा सदन अवरुद्ध गरेर पारित हुन नदिने चेतावनी दिए ।

आचार्यले अहिलेको संशोधन प्रस्ताव मधेश र मधेशी जनताको हितमा नभएको समेत जिकिर गरे । उनले थपे, ‘यो प्रस्ताव मधेशी जनताको पक्षमा छैन, यो सत्तामा पुग्नको लागि गरिएको सम्झौता अनुसार अघि बढाईएको हो, यसले न मधेशीको, न जनजातिको न मुस्लिम, न आदिवासी कसैकोपनि हितमा छैन् ।’

उनले निर्वाचनअघि संशोधन प्रस्ताव अघि नबढाउने भनेर प्रमुख तीन ठूला दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच भएको सहमति कुल्चिएर सत्तारुढ दलले प्रस्ताव अघि बढाउन खोजेको भन्दै यसमा आफ्नो पार्टीको गम्भिर आपत्ति रहेको समेत बताए । उनले भने,‘यो प्रस्तावमा मधेशी जनताको एउटापनि एजेण्डा छैन, त्यसैले एमाले पास गराउनको लागि बाध्य हुनेछैन्।’

आचार्यले संशोधन प्रस्तावप्रति आफ्नो पार्टीको कुनै लिनुदिनु नभएको समेत स्पष्ट पारे । उनले अहिले सत्तापक्षले संशोधन गर्नुपर्छ भनेर बखेडामात्रै नझिकेर निर्वाचनको लागि तुरुप प्रयोग गरिरहेको समेत आरोप लगाए ।

उनले अहिले मधेशमा बाढीबाट जनताहरु पीडित बनेको अवस्थामा मधेशवादी दलहरुले जनताको पक्षमा एक शब्दपनि नबोलेको गुनासो पोखे । उनले भने, ‘तराईका जनता अहिले मर्नु कि बाँच्नु भन्ने अवस्थामा छन्, तर कसैले पनि यो एजेण्डामा बोलेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने