२८ असार , काठमाडौं । आजभन्दा ठिक २२ वर्षअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएका डा. बाबुराम भट्टराईले आज फेरि अर्को ज्ञापनपत्र देउवालाई बुझाएका छन् ।
फरक यतिमात्रै हो कि, त्यतिबेला बुझाईएको ज्ञापनपत्रमा राजनीतिक माँगहरु थिए भने अहिले बुझाएको पत्रमा गोरखा र धादिङ्मा अवस्थिति राष्ट्रिय गौरवको परियोजना बुढीगण्डकी जलविद्युत परियोजनाबारे बुझाएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा देउवालाई भेटेर भट्टराईले गोरखामा निर्माणाधीन बुढीगण्डकी आयोजनासम्बन्धी ज्ञापनपत्र बुझाएका हुन् । देउवालाई ज्ञापनपत्र बुझाउँदै भट्टराईले माओवादी जनयुद्ध सुरु हुनु पहिले २०५२ सालमा आफूले ४० बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गरेका थिए ।
अहिले फेरि ज्ञापनपत्र बोकेर आएको तर यो विशुद्ध विकाससँग सम्बन्धित भएको भन्दै बुढीगण्डकी आयोजनासँग सम्बन्धित विभिन्न विषय समेटिएको १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
देउवाले पनि आफूलाई भट्टराईले त्यतिबेला ४० बुँदे ज्ञापनपत्र फागुन ५ गतेसम्मको अल्टिमेटम दिएर बुझाएको तर १ गतेनै जनयुद्ध सुरु गरेको भन्दै फरक ढंगले प्रस्तुत भएका थिए ।
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा