२६ असार, भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले स्थानीय तह चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने र अन्तर्घात गर्ने कार्यकर्तालाई कारवाही गर्ने निर्णय गरेको छ ।
रुपन्देही, कांग्रेसका सभापति एवं सांसद अब्दुल रज्जाकको सभापतित्वमा सोमबार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठ्ने र बागी उम्मेदवारको समर्थक तथा प्रस्तावकमा बस्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।
बैठकले चुनावको समिक्षा गर्दै अरुबेला कांग्रेस हुँ भन्ने र चुनावका बेला असहयोग गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।
स्थानीय तह चुनावमा रुपन्देहीका कतिपय स्थानीय तहमा कांग्रेसबाटै बागी उम्मेदवारी समेत परेको थियो । जसका कारण जनमानसमा नकारात्मक असर परेको र त्यस्ता स्थानहरुमा झिनो मतले पराजय ब्यहोर्नु परेको थियो ।
निर्वाचनमा अन्तर्घात गर्ने तर, पार्टीले कारवाही नगर्ने हो भेन त्यस्ता व्यक्तिहरुको मनोबल बढ्ने रुपन्देही, कांग्रेसको निष्कर्ष छ ।
कांग्रेसको विधानको परिच्छेद-५ को दफा-३४ को उपदफा २ मा आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठ्ने, उसको प्रस्तावक तथा समर्थक बस्नेलाई कारवाही गर्ने व्यवस्था छ ।
कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पार्टीको अनुसाशन कायम गर्दै काँग्रेसलाई थप मजबुज र एकताबद्ध बनाउन यस्तो निर्णय गरिएको बताए ।
यस्तै स्थानीय तह चुनावमा आफ्ना विजयी उम्मेदवारलाई बधाई समेत दिएको छ । चुनावमा कांग्रेसलाई मतदान गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको छ ।
यता कांग्रेस, सिद्धार्थनगर वडा नं. १ वडा समितिले स्थानीय तह चुनावको समिक्षा गर्दै पार्टीलाई अहसयोग र बागी उम्मेदवार दिनेलाई कारबाही गरेको छ । नगर सहसचिव सु
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा