कम निन्द्राले मस्तिष्कमा कस्तो असर पार्छ?

sleep-1024x685वेस्टर्न युनिभर्सिटी ओन्टारियोले विश्वमा जुनसुकै ठाउँमा रहेका मानिसहरुलाई अनलाइनमार्फत हुने परीक्षणमा सहभागी हुन आग्रह गरेको छ।

त्यसक्रममा विशेष रुपमा तयार पारिएका कम्प्युटर खेलहरुमार्फत तर्क गर्ने क्षमता, भाषाको ज्ञान र निर्णय क्षमताबारे परीक्षण गरिने बताइएको छ।

लण्डनको ब्रेन एण्ड माइन्ड इन्स्टिच्युटका स्नायु वैज्ञानिक प्रध्यापक एड्रीयन ओवेनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन्।

परीक्षण
उनी भन्छन्, “राम्रोसँग नसुत्दा हामी कस्तो महसुस गर्छौँ भन्ने हामीलाई थाहा छ तर निन्द्राले मस्तिष्कमा पारिरहेको असरका बारेमा हामीलाई एकदमै कम जानकारी छ, निन्द्राले हाम्रो बौद्धिकता, स्मरण क्षमता र ध्यान मग्न रहनसक्ने क्षमतामा कस्तो प्रभाव पार्छ भनेर हामीले जान्न खोजिरहेका छौँ।”

प्रध्यापक एड्रीयन ओवेनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन्
उक्त समूहले परीक्षणबाट प्राप्त हुने अंकलाई मानिसले सुत्न बिताएको समयसँग तुलना गर्नेछन्।
कति समय सुतेकाले कति अंक प्राप्त गरे भनेर वैज्ञानिकहरुले हेर्नेछन्।

व्यक्ति अनुसार निन्द्राको आवश्यकता फरक पर्ने गरेको छ तर यदि चाहिने संख्यामा मानिसहरुले यो अध्ययनलाई सहयोग गरे भने वैज्ञानिकहरुले मस्तिष्कलाई अधिकतम क्रियाशील बनाउन औसतमा आवश्यक निदाउने समय निर्धारण गर्न सक्नेछन्।

कुनै पनि कम्प्युटर, ट्याब्लेट या स्मार्ट फोनमार्फत तोकिएका खेलमा सहभागी भएर उक्त परीक्षणमा सहभागिता जनाउन सकिन्छ।

निन्द्रा
मानिसहरुले आफ्नो जीवनको कूल समयको झण्डै एक तिहाई सुतेर बिताउने गरेका छन् र त्यो श्वासप्रश्वास र खानेकुरा जतिकै मानिसका लागि महत्वपूर्ण छ।
तर चौबिसै घण्टा सक्रिय रहने संस्कृतिका कारण मानिसहरुले पहिलेभन्दा कम समय सुत्नमा खर्च गरिरहेको बुझिन्छ।

अघिल्लो महिना नेचर रिभ्युज न्युरोसाइन्समा प्रकाशित एउटा लेखले लामोसमयसम्म कम सुत्दा त्यसले मस्तिष्कमा पार्ने असरबारे एकदमै कम जानकारी रहेको उल्लेख गरेको थियो।
औद्योगिक राष्ट्रहरुमा सुत्ने समयावधिमा जोखिमकै तहको कमी देखिएको भन्दै तत्कालै अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।

यो निन्द्रासम्बन्धी अध्ययनमा सहभागी हुने व्यक्तिहरुले समाज तथा विज्ञान दुवैले खोजिरहेका केही प्रश्नहरुको जवाफ दिनसक्ने ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि