July 8, 2017

‘योग विज्ञानले जीवनमा सकारात्मक सोच सिर्जना गर्छ’: धमला

 

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले योग विज्ञानले मानिसको जीवनमा सकारात्मक सोच सिर्जना गरेको बताएका छन् ।

 

 

 
 
 

शनिबार काठमाडौंको भुकृटिमण्डस्थित जीवन योग प्रयोगशालाको पहिलो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले योग गर्ने मानिस समाजमा स्वस्थ हुने बताउँदै उसले समाजलाई पनि स्वस्थ राख्ने बताए ।

धमलाले अघि भने,‘धैर्य, शान्त र सुखी बन्नको लागि पनि योग चाहिन्छ, नेपाललाई साँच्चिकै अहिलेको तनाव, द्धन्द्ध, विवाद र मतभेदलाई न्यूनिकरण गर्नको लागि पनि हाम्रा राजनीति दलका नेताहरुले पनि व्यवहार परिवर्तन गर्नुपर्छ, समाजलाई अब त्यतातिर रुपान्तरण गर्नुपर्छ, अबको समाज योग विज्ञानको बारेमा बहस गर्न चाहन्छ ।’

त्यस्तै कार्यक्रममा एल.पी भानु शर्माले हामी आँफैभित्र सफलता, प्रेम र शान्तिको संसारको सबैभन्दा ठूलो कारखाना रहेको बताए । उनले भने,‘आफूभित्रको कारखानाको साभार बनाउने काम जीवन विज्ञानले गर्छ, जीवन–विज्ञानका सबै कार्यक्रमहरु प्रयोगात्मक र व्यवहारिक हुन्छन् ।’

शर्माले यस्ता खाले कार्यक्रमहरुले मानिसको बाहिरी जीवनाई व्यवस्थित गर्न र हामीभित्र रहेको शान्ति र खुशीयालीलाई खोज्न मद्दत पुर्याउने समेत विश्वास दिलाए ।

उनका अनुसार देशभरि २८ वटा शाखा कार्यालयहरुबाट ध्यान योगका कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । उनले भने,‘भगवान गौतम बुद्धले यो देशबाट ध्यान र अध्यात्मको मशाललाई जगाउनुभएको थियो, जीवन विज्ञानले त्यो मशाललाई संसारभरि फैलाउने काम गर्छ । हाम्रो मुल प्रयोजना हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि