नयाँशक्तिको संयोजक छाड्ने बाबुरामको इच्छा, प्रचण्ड र उपेन्द्रसँग मोर्चा बनाऔं- देवेन्द्र

Devendra-Paudel१९ असार, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने इच्छा जाहेर गरेका छन् ।

सो पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले चाहिँ प्रचण्ड र उपेन्द्र यादव लगायतसँग मोर्चा बनाएर एउटै चिह्नमा चुनावमा जानुपर्ने लाइन अघि सारेका छन् ।

 

के डा. बाबुराम भट्टराईले नयाँ शक्तिपार्टीको जिम्मेवारी परित्याग गर्न लागेका हुन् ? सोमबार सामाजिक सञ्जालमा एकाएक चल्न थालेको ‘र्युमर’ बारे हामीले नयाँ शक्तिका नेता देवेन्द्र पौडेललाई सोध्यौं ।

के डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टीको संयोजक छाड्न लाग्नुभएको हो ?

छोडेर उहाँले अन्यत्रै जान्छु भन्न खोज्नुभएको होइन । तपाईंहरुको जस्तो नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ भनेर अनौपचारिकरुपमा भन्दै आउनुभएको हो । सामाजिक सञ्जालहरुमा उहाँले नयाँ शक्ति छाड्ने भन्ने आएको छ, त्यो सत्य होइन ।

एउटा बृहत् मोर्चा बन्नुपर्छ भन्ने पक्षमा छौं हामी । खासगरी पछिल्ला परिवर्तनकारी शक्तिहरुसित पूर्वाग्रह राख्नुहुन्न भन्ने मेरो सीधा कुरा छँदै छ ।

अहिले स्थानीय निर्वाचनको परिणाम आइसकेपछि डा. भट्टराईले संयोजकको जिम्मेवारी छाड्ने सोचाइ बनाउनुभएको हो ?

हैन, हैन । यो चुनाव भन्दा अगाडिदेखि नै उहाँले यस्तो भन्दै आउनुभएको थियो । युवा पुस्ताले जिम्मेवारी लिएर जानुपर्छ भनेर उहाँले पहिलेदेखि नै भन्दै आउनुभएको हो । त्यसैको श्रृंखला हो । अहिले बाहिर जसरी हल्ला चलेको छ, त्यो सही होइन ।

भनेपछि बाबुरामजीले संयोजनको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल चलिराखेको छ ?

हो, चलिराखेको छ ।

अब अर्को हल्लाका बारेमा कुरा गरौं । देवेन्द्र पौडेल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किँदै छन् भन्ने हल्ला छ । के यो सत्य हो ? तपाईं माओवादी केन्द्रमा फर्कन लाग्नुभएको हो ?

अहिले होइन ।

अहिले होइन भन्नाले अलि पछि फर्किने हो र ?

हैन, यसबारेमा हामीले छलफल चलाएका छैनौं । एउटा बृहत् मोर्चा बन्नुपर्छ भन्ने पक्षमा छौं हामी । खासगरी पछिल्ला परिवर्तनकारी शक्तिहरुसित पूर्वाग्रह राख्नुहुन्न भन्ने मेरो सीधा कुरा छँदै छ ।

पछिल्ला परिवर्तनकारी शक्तिहरुले आफूलाई बलियोसँग उभ्याएर गणतन्त्र ल्याए, संविधानको घोषणा गरे, उनीहरुकै कारणले परिवर्तन आएको हो । तर, उनीहरु चाहिँ पछि पर्ने र मोर्चा नबन्ने अनि त्यसमा पुरानैको हावी हुने हो भने परिवर्तनको प्रवाह सही ठाउँतिर जाँदैन ।

यसको मतलब तपाईं व्यक्तिगत रुपमा माओवादी केन्द्रमा फर्किनेभन्दा पनि बाबुराम र प्रचण्डलाई नै एकै ठाउँमा मिसाउने हो ?

म व्यक्तिगत रुपमा जानेभन्दा पनि पार्टीमा छलफल चलाएर पछिल्ला परिवर्तनकारी पक्षहरु, खासगरी गणतन्त्र, संघीयतासहितको संविधान बनाउन संघर्ष गरेका शक्तिहरुसित सहकार्य गरेर मोर्चा बनाउनुपर्छ भन्ने कुरा हामीले उठाएका छौं ।

यसको मतलब अब बाबुराम र प्रचण्ड मिल्नुपर्छ भन्ने तपाईंको लाइन हो ?

यी विषयमा त नजिक हुनुपर्यो नि त ! यी विषयमा नजिक हुनुपर्छ । मैले त मोहन वैद्यजीहरुलाई पनि मिलाउनुपर्छ भन्दै आइरहेको छु । हामीसँग केही फरक त होला, तर यो परिवर्तनमा सबैभन्दा बढी जस त उहाँहरुलाई जान्छ । त्यसैले हामी टाढा रहनुहुन्न ।

तपाईंले पछिल्ला परिवर्तनकारी शक्तिहरुको मोर्चा बनाउनुपर्छ भनेर क-कसलाई भन्नुभएको ? प्रचण्ड, बाबुराम र वैद्यहरुलाई मात्रै कि अरु पनि ?

उपेन्द्र यादवजीले नेतृत्व गर्नुभएको संघीय समाजवादी फोरम पनि छ । अब राजपा सम्मले पनि केही परिवर्तनका कुराहरु गरेको छ । अब माओवादीका सबै हाँगाहरु मिल्नुपर्छ । पछिल्ला परिवर्तनकारी शक्तिहरुले आफूलाई बलियोसँग उभ्याएर गणतन्त्र ल्याए, संविधानको घोषणा गरे, उनीहरुकै कारणले परिवर्तन आएको हो । तर, उनीहरु चाहिँ पछि पर्ने र मोर्चा नबन्ने अनि त्यसमा पुरानैको हावी हुने हो भने परिवर्तनको प्रवाह सही ठाउँतिर जाँदैन । त्यसैले यिनीहरुका बीचमा मोर्चा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

मोर्चा भन्नाले कस्तो ?

सकेसम्म चुनाव पनि एउटै घोषणा र चुनावचिह्न लिएर लडौं भन्छु म त ।

तर, चुनाव त सकिइसक्यो नि ?

अब हुने चुनावमा त्यसरी जानुपर्छ । अब हामी त्यो पहल गर्छौं ।

तपाईंको विचारमा कांग्रेस र एमालेका दुई वटा पोल हुन्छन्, अनि अर्को तेस्रो पोल बनाउने भन्ने हो ?

कांग्रेस र एमाले पछि गणतन्त्र चाहिन्छ भनेर आएका हुन् । गणतन्त्र ल्याउने त माओवादी आन्दोलन नै हो । संघीय समाजवादी फोरमको नाम पछि बने पनि उपेन्द्र यादवजीहरुले संघीयताको पक्षमा आन्दोलन गरेकै हुन् । त्यसकारण यस्ता परिवर्तनकारी पार्टीहरुका बीचमा कहीँ न कहीँ मोर्चा हुनुपर्छ भनेर हामीले भनेका छौं ।

यो चुनावमा त हामीले भर्खरै बनाएको पार्टी भएको हुनाले धेरै आउँछ भनेर सोचेका थिएनौं । कांग्रेस र एमालेको जति नै आउँछ भनेर सोचेका थिएनौं । मोटामोटी रूपमा जस्तो आकलन थियो, त्यस्तै परिणाम आएको छ ।

तपाईं मोर्चा बनाउने भन्दै हुनुहुन्छ, तर स्थानीय चुनावको अनुभवले त तालमेल फापेन भनिँदैछ नि !

हैन, भारतमा गरिएको छ नि स्थायी प्रकृतिको चुनावी मोर्चा, त्यसरी गइयो भने अहिलेको जस्तो हुँदैन ।

अहिले स्थानीय चुनावमा नयाँ शक्ति पार्टीको परिणामलाई देखेर तपाईंले यस्तो मोर्चा बनाउनुपर्ने निष्कर्ष निकाल्नुभएको हो ?

मैले यो कुरा चुनावभन्दा अगाडिदेखि नै भन्दै आएको छु । यो चुनावमा त हामीले भर्खरै बनाएको पार्टी भएको हुनाले धेरै आउँछ भनेर सोचेका थिएनौं । कांग्रेस र एमालेको जति नै आउँछ भनेर सोचेका थिएनौं । मोटामोटी रूपमा जस्तो आकलन थियो, त्यस्तै परिणाम आएको छ ।

स्थानीय चुनावमा पार्टीको पोजिसन देखेर तपाईं कतिको निराश हुनुहुन्छ ?

हामी विल्कुल निराश छैनौं । चुनावका लागि त संगठन चाहिन्छ । हाम्रो भर्खरै घोषणा भएको पार्टी हो । त्यसैले हामीलाई यसले कुनै निराश बनाएको छैन । हाम्रो परिणाम पनि त पहिलो र दोस्रो चरणको जोड्दा हामी चौथो शक्ति भइसकेका छौं । चौथो शक्तिले किन निराश हुने ? अब आगामी चुनावमा मोर्चा बनाएर जाऔं र पहिलो, दोस्रो बन्नेतिर सोचौं भन्न खोजिएको मात्र हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट