पहिरोमा परि ३ जनाको मृत्यु, ३ जना वेपत्ता

landslide-pahiro

१८ असार, काठमाडौं । पर्वतमा पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पर्वतको महाशिला गाउँपालिका १ होश्राङदीमा गएराती गएको पहिरोमा परेर स्थानीय ६३ वर्षिय तीर्थबहादुर मल्ल, उनकी श्रीमति ५५ वर्षिय यमकुमारी र आमा बिनाको पहिरोमा परेर मृत्यु भएको हो ।

पहिरोमा परेर वेपत्ता भएका तीनै जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए । पहिरोले तीर्थबहादुरको घर र गोठ समेत बगाएको छ ।

पहिरोका कारण जोखीममा परेका अन्य ६ घरलाई पनि अहिले सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रहरीको भनाई छ । पहिरो बस्तीभन्दा माथिबाट आएका कारण अन्य ६ घर पनि उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन ।

त्यस्तै कास्कीमा एक जनाको मृत्यु भएको छ । चितवन र प्यूठानमा पहिरोेका कारण दुइ जना वेपत्ता भएका छन । प्यूठानको गौमुखी गाउँपालिका ३ मा पहिरोमा परेर १६ वर्षिय तुलसा घर्ती वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पहिरोमा परेका अरु दुई जनाको भने सकुशल उद्दार गरिएको छ ।

यस्तै कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा लेखनाथ महानगरपालिका १८ लभ्लीहिलका तारापति अधिकारीकोमा आएका १४ वर्षिय टंक क्षेत्रीको मृत्यु भएको हो । गएराती पहिरोमा परेका टंकलाई प्रहरीले उद्दार गरेपनि उपचारका क्रममा मृत्यु भएको हो ।

यसैबीच चितवनको कालिखोला नजिक पहिरोका कारण गाडी रोकिएपछि हेर्नका लागि गाडीबाट झरेका एक जना त्रिशुली नदिमा वेपत्ता भएका छन । विहेका लागि काठमाडौबाट नवलपरासीको दलदले हिडेको गरेको लु १ ख ९८८१ नम्बरको गाडीमा सवार जन्ती रञ्जन चापागाई सडकछेउबाट चिप्लिएर त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने