१८ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३४४ स्थानीय तहमध्ये आइतवार अपरान्ह ४ बजेसम्म २०० स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा बाँकी छ ।
अझै ११४ स्थानीय तहको मतगणना जारी रहँदा नेकपा एमालेले शुरुदेखिकै अग्रता कायम गरेको छ । १३ नगरपालिका सहित ९१ स्थानीय तह जितेर पहिलो स्थान सुरक्षित गरेको छ ।
नेपाली कांग्रेसले २० नगरपालिका सहित ७६ स्थानीय तह जितेर एमालेलाई पछ्याइरहेको छ । कांग्रेस र एमालेबीच बढिमा २० स्थानीय तहको अन्तरमा प्रतिस्पर्धा भइरहेको छ ।
माओवादी केन्द्रले ३ नगरपालिका सहित २९ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेकेा छ । चौथो स्थानमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले दुई दुई स्थानीय तह जितेका छन् भने फोरम लोकतान्त्रिकले एक स्थानीय तह जितेको छ ।
अहिलेसम्म प्रदेश नम्बर १ का तेह्रथुम,धनकुटा,संखुवासभाको मतगणना सम्पन्न भएको छ । त्यस्तै प्रदेश नम्बर ५ का रोल्पा र रुकुमको मतगणना सकिएको छ भने प्रदेश नम्बर ७ का अधिकांश पहाडी जिल्लाको गणना सकिएको छ ।
डोटी, बझाङ, डडेलधुरा, बैतडीका सबै स्थानीय तहको गणना सकिएको छ भने बाजुरा र दार्चुलाका एक/एक तहको गणना बाँकी छ ।
दोस्रो चरणको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेर क्लिन स्वीप गरेका छन् ।
मतगणना चलिरहेका एक महानगर र सात उपमहानगरमध्ये एमालेले ५ उपमहानगरमा अग्रता लिएको छ । कांग्रेसले एक महानगर र एक उपमहानगरमा अग्रता कायम गरेको छ भने राप्रपाले एक उपमहानगरमा अग्रता लिएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने