सल्यान, १६ असार । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ ।
श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या धेरै दिनअघि भएकाले पहिचान गर्न गाह्रो भएको र उहाँले लगाएको लुगाबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीकोे अवस्था अझै अज्ञात रहेको छ ।
गएको जेठ २६ गते राति बेपत्ता भएका व्यापारी श्रेष्ठ चढेको बा १२ च १०७१ नम्बरको गाडी सल्यानकै रिम गाविसमा फेला परेको थियो । अपहरणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको सिआइवीको टोली सल्यानमा आएको थियो ।
टोलीले अपहरणमा संलग्नमध्ये केहीलाई पक्राउ गरेपछि श्रेष्ठको हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई दाङ लगेपछि आजै प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ । रासस
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र