झरीका बीच दोस्रो चरणको चुनावमा पनि उत्साहपूर्ण मतदान (कुन प्रदेशको कस्तो चुनावी तथ्याङ्क ?)

काठमाडौं– दोस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त आज तीन वटा प्रदेशका ३५ जिल्लामा मतदान जारी छ । जनता मतदानमा उत्साहपूर्ण रुपमा सहभागी भएका छन् ।

बिहानैदेखि मतदानस्थलमा मतदाताको लामो भीड देखिएको छ । पूर्वी नेपालका केही जिल्लामा पानी परेका कारण मतदान सामन्य प्रभावित भएपनि अन्य ठाँउमा राम्रोसँग मतदान भैरहेको छ । केही ठाँउमा विवाद पनि भएका छन् ।

राजपा प्रभावित जिल्लाहरुमा पनि चुनावमा कुनै समस्या देखिएको छैन । नवलपरासी, रुपन्देही र कपिलबस्तुको दक्षिणी भेगमा पनि शान्तिपूर्ण रुपमा चुनाव भैरहेको समाचार आएका छन् । चुनाव बहिस्कार गरेपनि राजपाका स्थानीय नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
आजको चुनावमा ६२ हजार ४०८ उम्मेदवार मैदानमा छन् । १५ हजार ३८ जना जनप्रतिनीधि चयन हुँदैछन् । आज ३५ जिल्लाका ३३४ स्थानीय तहमा चुनाव भएको छ । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाँउपालिकामा चुनाव भैरहेको छ ।

आज प्रदेश नम्वर १ का १४ जिल्लामा चुनाव हुँदैछ । जहाँ १३७ स्थानीय तह छन् । महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदान स्थल छन् भने ३४५९ मतदान केन्द्र छन् । १ नम्वर प्रदेशमा २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता छन् ।

प्रदेश नम्वर ५ मा १२ जिल्ला छन्, जसमा नवलपरासी र रुकुमका केही भाग पनि छन् । यहाँ १०९ स्थानीय तह अन्तर्गत उपमहानगरपालिका ४, नगरपालिका ३२ र गाउँपालिका ७३ छन् । यो प्रदेशमा १६१२ मतदान स्थाल र ३१२५ मतदान केन्द्र छन् । यहाँ २४ लाख ५४ हजार चार सय ८८ मतदाता छन् ।

यसबाहेक चुनाव भैरहेको ७ नम्वर प्रदेशमा ९ जिल्ला छन् । यहाँ जम्मा ८८ स्थानीय तह छन्, जसमा उपमहानगर १, नगरपालिका ३३ र गाउँपालिका ५४ छन् । यहाँ ७३४ वडा छन्, ११०८ मतदान स्थाल छन भने १७८० मतदान केन्द्र छन् । यहाँको मतदाता सख्या १३ लाख ती हजार सात सय १४ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।