७३ प्रतिशत सनस्क्रिन तिनका विज्ञापनमा भनेजस्तो प्रभावकारी नहुने वा तिनमा खराब तत्व हुने सनस्क्रिनबारे बेलाबेला गरिएका विभिन्न अध्ययनले देखाएका छन् । एक वैज्ञानिक भन्छन्, ‘सनस्क्रिनका विज्ञापन भ्रामक छन् ।’
गर्मी लागेपछि उपभोक्ता घामका हानिकारक अल्ट्राभाइलेट किरणबाट कसरि जोगिने चिन्तित हुन्छन् । तर घामको विकिरण रोक्ने दाबी गर्ने सनस्क्रिनहरूमध्ये कुन सबैभन्दा सुरक्षित छ ?
इन्भाइरनमेन्टल वर्किङ ग्रुप (इडब्लुजी) ले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार यसले परीक्षण गरेका ८ सय ८० सनस्क्रिनमध्ये ७३ प्रतिशतले तिनका विज्ञापनमा भनेजस्तो काम गर्दैनन् अर्थात घामका हानिकारक विकिरण रोक्दैनन् । यतिमात्र होइन, ती सनस्क्रिनमा स्वास्थ्य बिगार्ने तत्वहरू समेत पाइएको प्रतिवेदनले उल्लेख गरेको छ । अध्ययनकर्ताहरू भन्छन्– सबै सनस्क्रिन गुणस्तरीय छैनन् ।
घामको विकिरणबाट जोगिने केही उपाय :
– चर्को घाम (१० बजेदेखि दिउँसो ४ बजे)मा घरबाहिर ननिस्कने ।
– निस्कन परे पूरा बाहुला भएका र खुट्टासम्म छोप्ने पोसाक लगाउने, चौडा घेरा भएको टोपी (ह्याट) र अल्ट्राभाइलेट किरण रोक्ने सनग्लास लगाउने ।
– फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन डिपार्टमेन्ट (एफडिए)बाट प्रमाणित सनस्क्रिन मात्र लगाउने । एफडिए प्रमाणित सनस्क्रिन छालामा फैलेर हानिकारक विकिरण रोक्छ वा परावर्तन गर्छ वा सोस्छ र जोगाउँछ ।
– एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) ३० वा बढी भएको ब्रोड स्पेक्ट्रम सनस्क्रिन लगाउने (सनस्क्रिनको बोतल वा ट्युबमा हेर्ने कति एसपिएफको हो र ब्रोड स्पेक्ट्रमयुक्त हो÷होइन) ।
– घरबाहिर निस्कँदा दिनहुँ सनस्क्रिन लगाउने । बादल लागेका दिन पनि सनस्क्रिन लगाउने । किनभने बादल लागे पनि घामका हानिकारण विकिरण पृथ्वीमा आइरहेको हुन्छ ।
– हरेक दुई÷दुई घन्टामा सनस्क्रिन लगाउने, पौडी खेलेर निस्कनासाथ लगाउने र पसिनाले निथ्रुक्क भिजेपछि वा पानीमा भिजेपछि लगाउने । वाटरप्रुफ वा वाटर रेसिस्टेन्ट सनस्क्रिन नै भए पनि यस्तोमा दोहो¥याएर लगाउनु पर्छ ।
– वाटरप्रुफ सनस्क्रिन भरपर्दो हुँदैन । तर वाटर रेसिस्टेन्ट सनस्क्रिन भने प्रयोग गर्न सकिन्छ ।
– जिंक अक्साइड र टाइटानियम अक्सा
इडयुक्त सनस्क्रिन प्रयोग गर्ने । दुवैले युभी किरण रोक्छन र एलर्जिक प्रभाव पनि पार्दैनन् ।
– अक्सिबेन्जन तथा रेटिनिल पाल्मिटेटयुक्त सनस्क्रिन भने प्रयोग नगर्ने । अक्सिबेन्जिनले शरीरमा हर्मोनको उत्पादन अवरुद्ध गर्छ र महिला प्रजनन् प्रणालीमा नकारात्मक असर पार्छ । रेटिनिल पाल्मिटेटका कारण छालामा ट्युमर हुनसक्ने विवाद छ ।
– अग्र्यानिक वा रासायनिक तत्वबाट निर्मित सनस्क्रिनले कुनै फरक पार्दैन । तर ती तत्वले सनस्क्रिनमा उल्लेख एसपिएफ सुरक्षा दिने हुनुपर्छ ।
– बर्सेनि चर्मरोग विशेषज्ञकोमा परीक्षण गराउने ।
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
भाद्र २४, काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका
भदौ २२, काठमाडौं । योगाभ्यास एक शारीरिक व्यायाम मात्र होइन, जीवनलाई सरल र सहज बनाउने
पशुपतिनगर (इलाम), भदौ १४ गते । इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट
काठमाडौं, भदौ ७ गते । पछिल्लो समय देशभर रातो आँखा हुने समस्या बढ्दै गएको छ ।
काठमाडौं, भदौ ४ गते । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान