ओली : चुनाव पछि संविधान संसोधन

khadga-prasad-oli_cac90f92-70bd-11e5-9864-f322a89f42cf१० असार, काठमाडौं । आफूले लगाएको गम्छामाथि आचारसंहिता उल्लंघन भएको भन्दै पत्रकारले प्रश्न उठाएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिप्रश्न गरेका छन् ।

बिराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सूर्य चिन्ह अंकित गम्छा लगाउनु आचारसंहितको उल्लंघन भएन ? भनेर पत्रकारले प्रश्न सोधेपछि ओलीले प्रतिप्रश्न गर्दै भने, ‘हाम्रा विरोधीले पहिले नै सूर्य नदेखियोस् भनेर असार १४ मा चुनाव सारे, अब यो गाम्छा मैले छपाएको हो र ? मैले लगाए चुनाव चिन्ह पो रहेछ ।’

उनले आचारसंहिता विपरीत घाम लाग्यो भनेर कराउनेलाई आफूले केही भन्न नसक्ने बताए । अब आचारसंहिता बिपरित घाम लाग्यो भनेर सूर्य छेक्न मिल्छ र ? ओलीले प्रतिप्रश्न गरे ।

उनले सत्तारुढ दलहरुले आचारसंहितको चरम उल्लंघन गरेको आरोप लगाए । अर्को प्रसङ्गमा ओलीले राष्ट्रहित विपरितका मुद्दा हटाएर निर्वाचन पछि जनता र देशका लागि उपर्युक्त हुने गरी संविधान संशोधन हुने बताए । ओलीले भने, ‘सरकारले एकलौटी गरेर हुँदैन वृहत छलफल हुनुपर्यो ।’

एमालेकै अडानका कारण संविधान संसोधन संसदमा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने