७ असार – ‘सुडान घोटाला’ काण्डले चर्चित भ्रष्टाचारमा दोषी ठहर भएका नेपाल प्रहरीका दुईजना पूर्वप्रमुखलाई जेल चलान गरिएको छ।
पूर्व प्रहरी महानिरीक्षकद्वय हेमबहादुर गुरुङ र ओमविक्रम राणाले आज आफूलाई दोषी ठहर गरेको सर्वोच्च अदालत समक्ष आत्मसमर्पण गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायका अनुसार उनीहरुसँगै पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक दिपकसिंह थाङ्देन र पू्र्वप्रहरी नायव महानिरीक्षक दीपक श्रेष्ठले पनि आत्मसमर्पण गरेका छन्।
सुडानको डार्फुरमा खटिएको नेपाल प्रहरीको मिसनलाई कामै नलाग्ने कम गुणस्तरका बख्तरबन्द गाडी लगायत सामाग्रीहरु खरिद गरि पठाइएको र त्यसमा तीन पूर्वप्रहरी प्रमुखको संलग्नता रहेको अदालतले फैसला गरेको थियो।
आत्मसमर्पण गरेकाहरुसँगै अर्का पूर्वप्रहरी प्रमुख रमेशचन्द ठकुरीलाई पनि अदालतले दोषी ठहर्याएको थियो।
तर उनले आत्मसमर्पण गरेका छैनन्।
डेढ महिनाअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा गुरुङ र ठकुरीलाई एक/एक वर्ष जेल सजाय र जनही ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
आत्मसमर्पण गरेमा तोकिएको कूल सजायमा २० प्रतिशत छुट हुने कानुनी प्रावधान छ।
ठेकेदारसँग मिलेमतो गरी २९ करोड रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ सालमा तीनजना पूर्व प्रहरी महानिरीक्षक लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका