ओली : म्यादी सरकारमा रुची छैन, बहुमत ल्याएर ५ वर्ष चलाउछौं

KP-Oli-Samsad-ma-2७ असार, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले म्यादी सरकारमा जान इच्छुक नभएको बताएका छन् । संघीय संसदको चुनावमा बहुमत ल्याएर ५ वर्ष सरकार चलाउने उनको दाबी छ ।

 

झापाको अर्जुनधारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले अहिलेका म्यादी सरकारमा जाने वा म्यादी सरकार चलाउन जाँदैन । हामी अबको प्रदेश र संसदको चुनावमा बहुमत ल्याएर जनताको आदेश अनुसार सरकार संचालन गर्छौं । हामीलाई म्यादी सरकारको मोह छैन ।’

ओलीले युवा पुस्ताले स्थानीय चुनावसहित अबका तीन ओटै चुनावमा एमालेलाई साथ दिएमा उनीहरुको भविष्य एमालेले निर्माण गर्ने दाबी गरे । उनले भने, ‘जवानीमा एमालेलाई साथ दिनुस्, बुढेशकालमा त एमाले छँदैछ । एमालेले सरकार बनायो भने ६० वर्षमाथिका बुढाबुढीलाई मार्छ भनेर कांग्रेसले भ्रम छर्दा हामीले बृद्धभत्ता दिएर सम्मान गरेका हौं । अब युवाले पनि अहिले साथ दिनुस्, तपाईहरुको भविष्य एमालेले बनाउनेछ ।’

ओलीले कमल गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महिलालाई नेतृत्व सुम्पिन आह्वान गरे । कमल गाउँपालिकाबाट एमालेकी मेनका काफ्ले अध्यक्षको उम्मेदवार छिन् ।

पार्टी उम्मेदवारलाई भोट माग्दै ओलीले झापाको विकासका लागि आफूले अगुवाई गर्ने बताए । ‘बजेटको चिन्ता नगर्नुस्, झापाका सबै ठाउँको विकासको नेतृत्व म गर्छु । केपी ओली मैदानमा आएपछि अरु चिन्ता नगर्नुस्’ पूर्व प्रधानमन्त्री ओलीले भनेका छन् ।

ओलीले बुधबार अर्जुनधारा, शिव शतासी, कमल गाउँपालिकाका सभालाई सम्बोधन गर्दै मेचीनगर र विर्तामोडका कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक