सरकार र तीन दलले देशलाई विखण्डन गर्न खोजेको महतोको आरोप

Rajendra-mahato-768x460

 

असार ३, २०७४- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र र वर्तमान सरकार मिलेर देशलाई भाँड्ने काम गरिरहेको आरोप लगाएका छन् । उनले मधेस, जनजाति र थरुहटको समस्या समाधान नगराई गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा भाग नलिने जिकिर गरे । उनले भने,‘हाम्रा समस्या समाधान नभएसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिँदैनौं, यो हाम्रो बटमलाईन हो ।’

शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता महतोले ठूला दलले मधेस र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । उनले मुलुकलाई बर्वादीबाट बचाउनका लागि आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको स्पष्ट पारे । उनले मधेसी तथा आदिवासी जनताले अधिकार प्राप्तिको लागि सहादत दिएको कुरा लत्याएर कोही पनि अघि बढ्न नहुने धारणा राखे । महतोले आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको समेत दाबी गरे । 
 
मधेसी तथा जनजातिहरुले उठाएका माग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने उनको भनाइ थियो । उनले बल प्रयोग गरेर र जनता मारेर निर्वाचन गराइए मुलुकलाई असफलतातर्फ धकेल्नुबाहेक अरु केही नहुने समेत ठोकुवा गरे । 

उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनै पनि सहमति नरहेको भनाइ दाहोर्‍याए । उनले सरकारलाई मूर्खको संज्ञा दिँदै भने,‘अरे, मुर्ख ! हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेस हो र ?’उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग