दाङ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकलाई निकास दिनकै लागि २ नम्बर प्रदेशको चुनावको मिति सारिएको बताएका छन् । दाङको घोराहीमा कार्यकर्ता भेटघाटमा मन्त्री महराले निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने किन नसार्ने भनेर प्रश्न गरे ।भने ‘यसलाई हामीले त्यति ठूलो विषय बनाउनुहुँदैन ।’ सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिने महराको भनाइ थियो । महराले अहिलेका जनप्रतिनिधिहरुले सरकार सरह स्थानीय तहमा नीति निर्माण तथा बजेट खर्च गर्न सक्ने भन्दै सिंहदरवारको अधिकार गाउँमा पुग्ने बताए ।
‘सिंहदरवारको वरिपरि बस्नेहरुलाई यो मन परिरहेको छैन’ महराले भने ‘माओवादीको संघर्षका कारण जनताले बास्तविक सत्ता प्राप्त गरेका छन्, यसको रक्षा गर्नु अहिलेको अवाश्यकता हो ।’परराष्ट्रमन्त्री समेत रहेका उपप्रम महराले नेपालले छिमेकी मुलुकहरुबीच सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने जानकारी दिए । छिमेकका दुई ठूला मुलुक चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनकोे भनाई थियो ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा