दाङ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकलाई निकास दिनकै लागि २ नम्बर प्रदेशको चुनावको मिति सारिएको बताएका छन् । दाङको घोराहीमा कार्यकर्ता भेटघाटमा मन्त्री महराले निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने किन नसार्ने भनेर प्रश्न गरे ।भने ‘यसलाई हामीले त्यति ठूलो विषय बनाउनुहुँदैन ।’ सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिने महराको भनाइ थियो । महराले अहिलेका जनप्रतिनिधिहरुले सरकार सरह स्थानीय तहमा नीति निर्माण तथा बजेट खर्च गर्न सक्ने भन्दै सिंहदरवारको अधिकार गाउँमा पुग्ने बताए ।
‘सिंहदरवारको वरिपरि बस्नेहरुलाई यो मन परिरहेको छैन’ महराले भने ‘माओवादीको संघर्षका कारण जनताले बास्तविक सत्ता प्राप्त गरेका छन्, यसको रक्षा गर्नु अहिलेको अवाश्यकता हो ।’परराष्ट्रमन्त्री समेत रहेका उपप्रम महराले नेपालले छिमेकी मुलुकहरुबीच सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने जानकारी दिए । छिमेकका दुई ठूला मुलुक चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनकोे भनाई थियो ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न