१ असार, काठमाडौं । साझा यातायातले १२ वटा डिलक्स बस खरिदका लागि सम्झौता गरेको छ । नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बसका लागि पनि आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिएको साझाले जानकारी दिएको छ ।बस किन्न काठमाडौं महानगरपालिकाले साझासँग ५ करोड बराबरको सेयर किनेको छ ।साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी अशोक ले-ल्याण्डसहित तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाडेयले बताए ।
अब महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र (एलसी) खोलिने पाण्डेले बताए । ‘हामी काठमाडौं महानगरले दिने भुक्तानीको प्रतिक्षामा छौं’ पाण्डेले भने, ‘जति छिटो रकम आउँछ, हामी त्यति नै छिटो गरेर बस भित्र्याउँछौं र सेवा थाल्छौं ।’एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग