१ असार, काठमाडौं । साझा यातायातले १२ वटा डिलक्स बस खरिदका लागि सम्झौता गरेको छ । नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बसका लागि पनि आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिएको साझाले जानकारी दिएको छ ।बस किन्न काठमाडौं महानगरपालिकाले साझासँग ५ करोड बराबरको सेयर किनेको छ ।साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी अशोक ले-ल्याण्डसहित तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाडेयले बताए ।
अब महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र (एलसी) खोलिने पाण्डेले बताए । ‘हामी काठमाडौं महानगरले दिने भुक्तानीको प्रतिक्षामा छौं’ पाण्डेले भने, ‘जति छिटो रकम आउँछ, हामी त्यति नै छिटो गरेर बस भित्र्याउँछौं र सेवा थाल्छौं ।’एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र