३० जेठ,नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडी मंगलवार बिहान त्रिभुवन चोकमा तोडफोड गरिएको छ ।नेपालगञ्ज-२२ पुरैनामा भैरहेको घरदैलो कार्यक्रममा मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियालार्इ पुर्याई सम्पर्क कार्यालय फर्किँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलार्इ राष्ट्रिय जनता पार्टीका नेता ललित कुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको बाँके प्रहरीले जनाएको छ ।गाडी तोडफोड गर्ने रौनियारलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । राजपाले बिहानदेखि बन्द आहवान गरेको थियो । बन्द अवज्ञा गर्दै नगरमा सबै खाले सवारी साधन निर्वाध चलि रहेका थिए ।गाडी फर्काउन लाग्दा गाडीको झण्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताए । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ ।नेपालगन्जमा कांग्रेसले दुई दिनअघि मात्र कनोडियालाई मेयर र उपमेयरमा उमा थापा मगरलाई उम्मेदवार घोषणा गरेको थियो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने