काठमाडौंका लागि किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’

काठमाडौं । काठमाडौं महानगरपालिकाले हुर्किएका रुखरुलाई पनि सार्न चाहेको स्थानमा सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने भएको छ । यसका लागि अबको २(३ दिनभित्रै टेण्डर निकालिने महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।tree-transplanter-2
‘हामी अब तत्काल २ वटा ट्रान्सप्लान्टर किन्दैछौं, टेण्डर निकाल्न अन्तिम तयारी भइरहेको छ । टेक्निकल स्पेशीफिकेशनसहित अब बोलपत्र आह्वान गर्न धेरै दिन लाग्दैन ।’ यो मेसिन आएपछि विजकासका काम गर्दा काठमाडौं उपत्यकामा हुर्किएका रुखहरु काट्नुपर्ने बाध्यता हट्नेछ ।
‘अहिले सडक छेउमा विरुवा हुर्काउन निकै समस्या छ । अब हामी अन्त विरुवा हुर्काएर सडकमा ट्रान्सप्लान्ट गर्न सक्छौं’‘यो मेसिन आएपछि शहरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न स्थानबाट हुकर्किएका रुख ल्याएर रोप्न सक्छौं ।’
के हो ट्री ‘ट्री ट्रान्सप्लान्टर’ रु
ट्री ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । महानगरपालिकाले १० देखि २० फिटसम्मका रुख सार्न मिल्ने किसिमको मेसिन ल्याउने भनेको छ ।
यस्तो मेसिनले एक ठाउँको विरुवालाई जेरैबाट उखेल्छ । त्यसको आकारमा सार्नपर्ने ठाउँमा तयार गरिएको खाल्डोमा यसले रुख सारिदिन्छ । अहिले विरुवा नै रोप्नुपर्ने बाध्यता यसले हटाइदिन्छ ।
महानगरपालिकाले यसपछि बिरुवा हुकाउन समस्या हुने सार्वजनिक स्थलमा रुख नै रोप्ने गरीअभियान थाल्ने जनाएको छ ।
अहिले विरुवा रोप्दा पैदलयात्रुले निमोठ र बढ्नै नदिने, संरक्षणको अभावमा मर्ने, सवारीले कुल्चिदिने लगायतका समस्या छन् । जसले काठमाडौंमा हरियाली प्रवर्द्धनका लागि खासै काम नै हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का