निर्वाचन आयोगलाई ओलीको चेतावनी

KP-Oli-at-Kailali२७ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि चुनावमा धाँदली गर्न खोजेको आरोप लगाएका छन् ।

चुनावलाई प्रभावित पार्न कांग्रेस–माओवादी सरकारले एकपछि अर्को निर्णय गरिरहेको भन्दै उनले निर्वाचन आयोगले त्यसलाई बदर गर्न सक्नु पर्ने बताए ।

 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्ने निर्णयसँगै सरकारले धाँदलीको श्रृखला सुरु गरेको आरोप लगाए । ‘यतिबेला सरकार निर्णय गरेको गर्यै छ,’ उनले अघि भने, ‘निर्वाचन आयोगले यस्ता निर्णयहरु आचार संहिता विपरित भएकाले बदर गरिएको छ भन्न सक्नुपर्छ । आयोगले निरिहता देखाउने होइन ।’

सत्तारुढ दलबाटै एमालेमाथि हमला भएको र, प्रहरीले निश्पक्ष भूमिका खेल्न नसकेको बताए । दोलखामा माओवादीको ‘आपराधिक गिरोह’ले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै उनले यो योजनाबद्ध भएको बताए ।

आफूहरु देशमा तनाव नबढाउँ र सहमतिबाट अघि बढौं भन्ने पक्षमा रहेको ओलीले बताए । ‘एमाले समझदारीको पक्षमा छौं । राष्ट्रिय एकताको पक्षमा छौं,’ उनले भने ।

ओलीले सम्बोधनको अधिकांश समय कांग्रेस र माओवादीको आलोचनामा खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न