पुरानो कार्डले भोट हाल्न पाइँदैन, नयाँ कार्ड लिनुस्

Election-Commission-Nepal२७ बैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ ।

आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम नलाग्ने भएको जनाएको छ । आयोगले सबै मतदातालाई बैशाख २८ देखि ३० गतेसम्म आफ्नो मतदान स्थलमा पुगेर नयाँ परिचय पत्र लिनसमेत आग्रह गरेको छ ।

 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुरानो मतदाता परिचयपत्रले मत हाल्न नपाइने प्रष्ट पारे । ‘मतदाताले पुरानो कार्ड बोकेर बसेको र त्यसैका आधारमा मतदान गर्ने तयारी गरेको पाइयो, त्यो गलत हो । आयोगले बैशाख २८ गतेदेखि वितरण गर्ने नयाँ कार्डका आधारमा मात्र भोट हाल्न पाइन्छ’, प्रवक्ता शर्माले भने ।

निर्वाचन आयोगले पानीले नभिज्ने, सुरक्षा कोडसमेत राखिएको सुरक्षित मतदाता परिचयपत्र यसपटक  वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने