बैशाख २१, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विरोधमा सडकमै ओर्लिनुभएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । महाभियोग फिर्ता गराउन बुधबार वसन्तपुरमा आयोजित एक भेलामा सहभागी भएर सरकारविरुद्ध उहाँले आक्रामक भाषणसमेत दिनुभयो । ‘भूकम्पले सर्वोच्च अदालतको गजुर भत्काएको छ । प्रधानमन्त्रीले त्यो बनाउने प्रयास गर्नुभएन । तर, भएको न्यायपालिका पनि भत्काउन खोज्नुभएको छ’, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भेलामा प्रधानमन्त्रीलाई चेतावनी दिँदै भन्नुभयो, ‘न्यायपालिका नै भत्किए कसले रक्षा गर्छ ? ख्याल गर्नुहोला ।’
श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएकोसमेत आरोप लगाउनुभयो । उहाँले महाभियोगविरुद्ध उत्रन आह्वानसमेत गर्नुभयो । ‘यदि, तपाईंहरूले विवेक र धर्म छाड्नुभयो भने पाप धुरीबाट कराउँछ । आज हामीलाई खाने बाघले भोलि तपाईंलाई पक्कै खान्छ’, श्रेष्ठको चेतावनी थियो । पूर्वप्रधानन्यायाधीशहरू सडकमै उत्रिएर विरोधमा भाषण दिएको घटना विरलै पाइन्छ ।
पूर्वप्रधानन्यायाधीश र न्यायाधीशसहितको मंगलबार सम्पन्न एक भेलाले ‘केही समयदेखि सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पारिँदै आएका कारण फैसला तथा आदेशसमेत प्रभावित हुने गरेको’ भन्दै यसतर्फ न्यायिक नेतृत्वसमेत जवाफदेही रहेको बताएका थिए । न्यायपालिकामाथि हुने जुनसुकै हस्तक्षेप र न्यायाधीशबीच गुटबन्दी खडा गर्ने कार्य अस्वीकार्य हुने चेतावनीसमेत उनीहरूले दिएका थिए ।
वसन्तपुर भेलामा प्राडा गोविन्द केसीले प्रधानन्यायाधीशविरुद्ध ‘ग्रान्ड डिजाइन’ मा गलत मार्गबाट महाअभियोग आएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गर्नुभयो । ‘प्रजातन्त्र आएको २७ वर्षसम्म दलमा दलीयतन्त्र मात्र संस्थागत भयो । मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र हाबी भयो,’ केसीको कथन थियो ।
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले
काठमाडौँ, असोज ५ गते । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र
ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)