काठमाण्डौ । अष्ट्रेलिया सरकारले प्राबिधिक शिक्षा पढाएबापत कलेजहरुलाई दिने रकमको दुरुपयोग गरेको ठहर भएपछि नेपाली मूलका ब्यबसायीद्वारा सञ्चालित रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज बन्द हुने भएको छ ।
प्राबिधिक शिक्षासम्बन्धी सरकारी नियमनकारी निकायले गरेको विस्तृत परिक्षणमा सो कलेजले नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर रकम लिएको पुष्टी भएपछि सरकारले कलेज बन्द गर्ने आदेश दिएको द अष्ट्रेलियन पत्रिकाले जनाएको छ ।
सो कलेजले सन् २०१५ मा भएको लेखापरिक्षणमा आफुले लिएको रकम सदुपयोग गरेको पुष्टी गर्न सकेको थिएन । सरकारले त्यही बेला नै कलेज बन्द गर्न खोजेको भए पनि बिशेष परिस्थीतिको सुबिधा दिँदै सञ्चालन गरिरहन दिएको थियो । गत बर्षको अनुगमन अडिटमा पनि कलेजको रवैयमा सुधार आएको नदेखिएपछि सरकारले बन्द गर्ने निर्णय गरेको हो ।
कलेज बन्द भएसँगै त्यहाँ कार्यरत करिव २ सय कर्मचारी बेरोजगार हुनेछन् भने करिव १४ सय बिदेशी बिद्यार्थीको भविष्य पनि अन्यौलमा परेको छ ।
तर, कलेजले भने बिज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयमाथि पुनराबेदन गर्ने र अन्तिम निर्णय नआउँदासम्म कलेज सञ्चालन गरिरहने बताएको छ ।
कलेजको सञ्चालन नेपाली मूलका ब्यबसायी चन्द्र योञ्जनले गरेका हुन् । उनी भिक्टोरिया राज्यका लागि नेपालका अबैतनिक महाबाणिज्यदूतसमेत हुन् । ठूलो रकम दुरुपयोग गरेको भेटिएपछि सन् २०१५ मै सरकारले कलेज बन्द गर्न खोजेको भए पनि योञ्जनले आफ्नो कुटनीतिक हैसियत रहेको भन्दै ‘बिशेष परिस्थीति’ अन्र्तगत कलेज सञ्चालनका लागि सुबिधा मागेका थिए ।
सरकारको भेट फि्र हेल्प स्किम अन्र्तगत सो कलेजले सन् २०१३ मा ५५ लाख डलर सरकारबाट प्राप्त गरेको थियो । पछिल्ला बर्षहरुमा यो रकम अझै धेरै रकम सरकारबाट लिएको कलेजका प्रमुख कार्यकारी अधिकृत चन्द्र योञ्जनले केही महिना अगाडी अनलाइनखबरसागको टेलिफोन सम्बादमा जनाएका थिए ।
स्थानीय नागरिकलाई प्राबिधिक शिक्षा सिकाएर सीपयुक्त बनाएबापत सरकारले कलेजहरुलाई निश्चत अनुदान रकम दिने गर्दछ । तर, कलेजहरुले नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर अनुदान दुरुपयोग गर्ने गरेको पाइएको छ
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने