रेणु बन्दैछिन् चुनौति देवीका लागि

   

३ हजार मतले रेणुले मेयर पदमा विजय ल्याउन सक्ने स्थानीय माओवादी नेताहरूको प्रक्षेपण

काठमाडौं, ११ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल चुनौति बन्न थालेकी छिन् । भित्रभित्रै एमालेले जीत हात पारेको चर्चा चलाइएपनि अब रेणु दाहालले आज दिनभरीमा अग्रता लिनसक्ने भएकी छिन् ।
जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल चुनौति बन्न थालेकी छिन् ।
ठूलो मतान्तरबाट अग्रता लिने कोशिश गरेका देवीसँग रेणुको मतान्तर साँघुरिन थालेको छ । भरतपुरका २५ नम्बर वडाको मतगणना सकिँदा देवीसँग रेणुको मतान्तर साँघुरिएको हो । अब गणना हुने स्थानमा कांग्रेस र माओवादीका मतदाताको संख्या बलियो रहेको दाबी गरिएको छ ।
बुधबार बेलुका सम्म यो मतान्तर थप साँघुरिएर २१ सयमा झरेको मतान्तर अहिलेसम्म १७४९ मा झरेको छ ।
वडा नं २५ को मतगणना गरिसक्दा मेयर पदका प्रत्यासी एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने रेणु दाहालले २८९३३ मत पाएकी छिन् । गन्न बाँकी वडा नम्बर १५ देखि २४ सम्ममा कांग्रेस र माओवादीका मतदाताको संख्या बलियो रहेको दाबी गरिएको छ । रेणु कांग्रेस र माओवादीकी संयुक्त मेयर उम्मेदवार हुन् । ‘मतान्तर साँघुरिन थालेको छ । अबको गणनामा रेणु दाहालको अग्रता कायम हुनसक्छ’, स्थानीय माओवादी नेताले भने,‘कम्तिमा ३ हजार बढि मतले जित्ने अपेक्षा हामीले गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने