महिनावारीमा रंगरगतको रंगबाट थाहा पाइन्छ स्वस्थ कि अस्वस्थ

महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् ।

सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ ।
स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले यस्ता संकेत गर्छ ।

बाक्लो रगत तथा खैरो रंग -यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईकाको महिनावारि अनियमित रुपमा भइरहेको छ । यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।
गाढा रातो रंग यो रगत – ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।
हल्का रातो रंग – यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाइ स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।
कालो तथा गाढा रातो -कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ । पिरियड्को दौरान यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह मागनुपर्छ ।
गुलावी रंग –यदि महिनावारिको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि