गायक हेमन्त शर्माले मुख खोले,“ऋषि धमला भन्दा मलाई युवतीहरुले कम मन पराउनुहुन्न्”

Hemanta-sharma-768x768 (1)गायक हेमन्त शर्मा अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । देशका विभिभन्न सांस्कृतिक कार्यक्रमदेखि विदेशका कन्सर्टसम्ममा उनको सक्रिय सहभागिता रहेको छ । सुगम संगीतमा आधारित थुप्रै कर्णप्रिय गीत आम दर्शकसामू पस्किन सफल यी गायक पछिल्लो समय स्टेज प्रागोमका बादशाह  बनेका छन् । हुन त गायक शर्माले‘माया साह्रै महँगो…’ लोकप्रिय भएपछि पछाडि फर्केर हेर्नुपरेको छैन । ‘फूल हौ भने बसाइदेऊ’, ‘जाला उडेर मेरो जाले रुमाल’, ‘माया त यस्तो होस’, आदि गायक शर्माका सदावहार गीत हुन् । उनले गाएका प्रायः सबैजसो गीतहरु ऋाम नेपालीहरुको जिब्रोमा झुण्डिएको छ । आधा दर्जनभन्दा बढि एकल गीति एल्बम बजारमा ल्याईसकेका गायक शर्मा स्टेज कार्यक्रममा गीत गाउँदै दर्शक नचाउन पनि माँहिर मानिन्छन् । सामाजिक कार्यमा समेत रुचि राख्ने गायक शर्मा गायकहरूकै छाता संगठन प्रस्तोता समाजका अध्यक्षसमेत भैसकेका छन् । उनै चर्चित गायक शर्मासँग पत्रकार ऋषि धमलाले शनिबार विशेषमा नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रममा  रमाईलो कुराकानी गरेका छन् । हेर्नुहोस् कुराकानीको सम्पादित अंश :

स्टेज प्रोगाममा खुब व्यस्त हुनुहन्छ होईन?

हजुर यस्तै भन्नुपर्यो ।

आजभोलि गायक/गायीकाहरूलाई मालामाल नै छ ?

सबैलाई छैन् । समय मिलाएर हिँड्नेलाई राम्रै छ ।

आजसम्म धेरै गीत गाउनुभयो, लेख्नुभयो तर तपाईले गाएको र लेखेकोमध्ये सबैभन्दा चर्चित गीत कुन हो ? गाएर सुनाईदिनुस् त ।

लौ सुन्नुहोस…..

न तेजावी सुन हो माया न छापावाल ।
एकै चौला पाउन पनि कस्तो महाजाल ।
माया साह«ै महंगो, माया साह«ै महंगो

गीत र संगीतमा के छ अन्तर ?

अन्तर त छैन्। गीतसंगीत जीन्दगी हो । कुनै बेला गीत केवल जीन्दगी थियो । आजभोलिका गीतहरू पेशागत भएका छन्। पहिले चौतारी होस् या मेला पात गर्दा, माया पिरतिका गीत गाईन्थ्यो भने अचेल त्यस्तो चलन भन्दा माथि उठेर गीत लेख्ने र गाउँने काम भैरहेको छ । यो सबै भन्दा राम्रो कुरा हो ।

तपाई प्रस्तोता समाजको अध्यक्ष हुँदा के/के काम गर्नु भयो नि ?

हामीले केही काम गरेका छौँ। जस्तो एनसेलसँग रोयल्टीको सम्झौता, चार महिनामा ७ लाख रुपैयाँ अन्जु पन्तलाई, १ लाख प्रमोद खरेल, करिब एक लाख रुपैयाँ विष्णु माझिलाई प्रदान गर्यौँ । अर्को कुरा संविधानको धारा २५ मा भनिए बमोजिम जसरी भौतिक सम्पतिको हक लाग्छ त्यसरी नै बौद्धिक सम्पतिको हक लाग्ने व्यबस्था गर्यौँ । त्यसपछि सबै कलाकारलाई रोयल्टी पाउँने व्यवस्था गर्ने काम गरेका छौँ ।

गीत गाएर नै  धन सम्पति जोड्नुभयो नि ?
हा…हा….हा । श्रोताले जे खोज्छन् त्यो पस्कन जरुरी छ। जसरी अहिलेको अवस्थामा ऋषि धमालाले रेडियो र टेलिभिजनमार्फत सबैको मन जित्नु भएको छ, जसरी तपाई जहाँपनि फिट हुनु भएको छ। त्यसैगरि कलाकारले पनि श्रोताको मन जित्नको लागि युट्युब च्यानलदेखि हरेक रुपमा उस्तै प्रकारका गीतहरू उत्पादन गर्न जरुरी छ ।

अर्को एउटा गीत गाउँनु पर्यो शर्मा जी…

मुल हौ भने रसाईदेउ ।
फूल हौ भने बसाई देउ
रुवाए नि रुवाई देउ, रुवाए नि रुवाई देउ
माया गर्छु भन्नेले माया देखाईदेउ ।

माया पीरतिका गीतमा जमेको गायक है तपाई ?

भन्नुपर्छ । हो, मेरो अब अर्को नयाँ गीत पनि आउँदैछ ।

तपाईको नयाँ गीत सुन्न आँतुर स्रोतालाई गाएर सुनाईदिनुस त?

मणिराज बस्नेतको शब्द तथा वि.वि. अनुरागीको संगीत रहेको “हारें आज” बोलको गीत आएको छ ।
हारें आज म तिम्रो सामुमा हारें ।
नचाहेरै तिम्रो मायामा मारे मारे ।

हेमन्त शर्मालाई मन पराउने यूवतिहरू कति छन् ?

जिस्काएको नसोच्नु होला । ऋषि धमलालाई जति यूवतिले मन पराउनुहुन्छ त्यति नै यूवतिले मलाईपनि मन पराउनु हुन्छ ।

तपाईलाई अझै धेरैले मन पराउँछन होला ?
होईन । तपाई र मलाई मन पराउनेहरु बराबर छन् ।

अब अलिकति प्रसँग बदलौं, तपाईहरुले नेपाली गीत संगीतको संस्थागत विकास गर्न सक्नु भएन नि है ?

आँखा खराब, मुटु खराव अरु केही चिज खराव तर किड्नी मात्र सफा भएर जीवन जिउन गाह«ो हुन्छ। सबैको भलाईको लागि राज्यले ध्यान दिनुपर्छ । मुल नीति राम्रो हुनुपर्छ ।

अन्त्यमा एउटा गीत गाएर सुनाई दिनुहोस् ।

गुडेको रेल पनि रोक्दिन्थें मैले त ।
उर्लेको भेल पनि छेक्दिन्थें मैले त ।।
मायाले दिल ज्यानै दिन्छु नि भने त ।
आगोलाई पानीमा बाल्दिन्थें मैले त ।
दश रेक्टर भुईचालो थाम्दिन्थें मैले त ।
राजनीति राजनीति, यो देशमा छिटै नै सुर्धे त

यसपटकको स्थानीय तहको निर्वाचनमा धेरै कलाकाले गीत गाए, अनि तपाईले चाँही गाउनुभएन ?

मैले गाँईन । केही समयका लागि मात्रै चल्ने भएकाले सिक्ने क्रमका भाईहरूलाई गाउन लगाएँ ।

बद्री पंगेनीले त गाउनुभयो नि ?

उहाँले गाउन पाउनुहुन्छ। सबैको अधिकार छ । कलाकारले गीत नगाउने हो भने राजनीतिक आन्दोलन कसरी सफल हुन्छ । तर म गाउदिन भनेको मात्र हो । गाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको