पुराना राजनीतिक शक्तिलाई नै ताजा जनादेश

UML-Gajuriकाठमाडौँ, ६ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजाले यसअघिको त्रिपक्षीय राजनीतिक शक्ति सन्तुलनलाई नै कायम राखेको छ । मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा पनि पुराना राजनीतिक शक्तिलाई नै जनताले ताजा जनादेश प्रकट गरेका छन् ।

हालसम्मको मतपरिणाम हेर्दा जनताले यस पटक पनि पुराना प्रतिस्पर्धी नेकपा (एमाले) र नेपाली काँग्रेसलाई पहिलो र दोस्रो स्थान दिएका छन् । त्यस्तै अहिलेको संसदीय संरचनामा तेस्रो स्थानमा रहेको नेकपा (माओवादी) केन्द्र तेस्रो स्थानमा नै रहेको छ तर चौथो शक्ति मानिएको राप्रपा भने निर्वाचनको नतिजा अनुसार जनताले कम रुचाइएको दल बनेको छ ।

शुक्रबार साँझसम्मको मतपरिणाम अनुसार पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं. ३, ४ र ६ का २८३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म नेकपा (एमाले) १०४ गाउँपालिका÷नगरपालिकाका प्रमुख जित्न सफल भएको छ ।

त्यस्तै नेपाली काँग्रेसले ९८ गाउँपालिका/नगरपालिकाका प्रमुख जितेको छ । यस्तै माओवादी केन्द्रले ४५ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नयाँ शक्तिले १ गाउँपालिका/नगरपालिकाका प्रमुखमा जितेका छन् । अन्यमा ३ स्थानमा स्वतन्त्र विजयी भएका छन् ।

यो तथ्याङ्क हेर्दा स्थानीय तहमा पुरानै राजनीतिक दलको पकड रहने सम्भावना बलियो भएर गएको छ । तथापि यसपटकको निर्वाचनमा पुराना राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राप्रपा नेपाल र नयाँ शक्तिदेखि साझा पार्टी, विवेकशील नेपालीसम्मका नयाँ राजनीतिक दलको उत्साहप्रद सहभागिता रहेको छ ।

नयाँ दलमा विवेकशील नेपाली र साझा पार्टीले राम्रो नतिजा ल्याउँदैछन् भने नयाँ शक्तिले अपेक्षाकृत रूपमा जनतामा आफूलाई स्थापित गर्न सकेन । स्थानीय तहको निर्वाचनको पहिलो चरणमा सबैले चासोका रूपमा हेरिएका काठमाडौँको काठमाडौँ महानगरपालिका, कास्कीको पोखरा–लेखनाथ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका र मकवानपुरको हेटौँडा उपमहानगरपालिका रहेका छन् । गोरखापत्र दैनिकमा अजय शर्माले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी

आज भोटो देखाउने जात्रा: उपत्यकामा सार्वजनिक विदा

फाइल फोटो   जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ

सीमान्तकृतको अधिकारका लागि सरकार दृढ छ: प्रचण्ड

 जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि

सरकारको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम    जेठ  ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी

आयल निगममा सिनियर हुँदा हुँदै जुनियर भ्रष्ट’लाई प्रशासनको जिम्मा 

जेष्ठ ७,काठमाडौं।   नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर