April 28, 2017

उम्मेद्वारलाई विप्लव पार्टीले दियो कारवाही गर्ने यस्तो चेतावनी

बैशाख १५, काठमाडौं– स्थानीय तहको चुनाव खारेज गरौँ भन्ने नारासहित चुनाव बहिस्कारमा उत्रेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेद्वारी नदिन चेतावनी दिएको छ । विप्लवका पार्टीका एक नेताले फेसवुक मार्फत यस्तो चेतावनी दिएका छन् ।

हिजोे साँझ र आज विहान गरी दुई वटा स्टाट्स लेखेर नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले उम्मेद्वारको व्यक्तिगत जीवन हित नहुने चेतावनी दिएका छन् ।
आज बिहान उनले लेखेको स्टाट्समा भनिएको छ, ‘सामन्यताः देशभरी विशेषत : कथित ६ नम्वर प्रदेशका साथै विषेश रुपले कालिकोटका स्थानीय चुनावका उम्मेद्वारहरु कृपया कोही पनि उम्मेद्वारी नदिनुहोला । यसले राष्ट्र र जनताको त हित हुँदैन नै, तपाईंहरुको व्यक्तिगत जीवनको पनि हित हुँदैन । यसले नयाँ द्धन्द्ध ल्याउँनेछ र यसको कारण पुरानो सत्ता र तपाईंहरु ठहरिनु हुनेछ । अनि इतिहासले हिसाव गर्नेछ । त्यो हिसावमा आफ्नो हिस्सा लिन हामी तयार छौँ । तपाईंहरु पनि तयार हुनुहोला किनकि यो एक दिनको रमाइलो पक्कै होइन ।’

शुक्रवार विहान करिव पौने नौ बजेतिर यो स्टाटस लेख्नुपूर्व नेता बमले हिजोे राती लेखेको स्टाट्समा थियो, ‘अहिले स्थानीय चुनावमा भाग लिनेहरु मुख्य दोषी त हैनन्, तर उनलाईजहाँ हुन्छ, जति सकिन्छ, जसरी हुन्छ, जनकारवाही गर्नुपर्छ किनकि उनीहरुले मुख्य दोषी दलाल राज्य र शासकको अन्धाधुन्ध रक्षा गर्ने गंभी र अक्षम्य गल्ती गर्दैछन् ।’
विप्लव पार्टीका अर्का नेताले रातोपाटीसँगको कुराकानीमा भने, ‘हामीले सकेसम्म चुनाव विथोल्ने प्रयास गर्छौँ । त्यसमा सवै खालका गतिविधि आउँछन् ।’

Golden Oak

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन