April 28, 2017

सांसदमा तानातान :दुई तिहाईको खेल

बैशाख १५, काठमाडौं – संविधान संशोधनलगायतका विषयमा सहमति खोज्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । वैठकमा संसदमा प्रतिनीधित्व गर्ने दलका नेताहरु सहभागी हुनेछन् । वैठक दिउँसो तीन बजे बालुवाटारमा बस्नेछ ।

संविधान संसोधन प्रस्ताव फास्ट ट्रयाकबाट पारित गराउने सरकारी तयारी भैरहदा प्रधानमन्त्रीले आमसहमति खोज्नका लागि सर्वदलीय वैठक बोलाएका हुन् । यद्यपी विपक्षी एमालेसहितको गठबन्धनले भने अहिलेसम्म संसोधन प्रस्तावलाई स्वीकार गरेको छैन् । यसको विपक्षीमा उभिएको छ । सर्वदलीय वैठकपछि सरकार निर्णायक रुपमा अगाडि बढ्न सक्ने सत्तारुढ दलका नेताहरुको भनाई छ ।
प्रधानमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार दुई चरणमा हुने चुनावको सुनिश्चताका लागि संसोधन प्रस्ताव पारित गराउन प्रधानमन्त्रीले वैठकमा आग्रह गर्नेछन् । संविधान संसोधन र निर्वाचनलगायतका विषयले देशको राजनीति पेचिलो बनेको छ ।
संसोधन र चुनाववारे सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन प्रधानमन्त्रीले वैठक आव्हान गरेको बताइएको छ ।
तानातानमा सांसद
सरकारले आफ्नो प्रस्ताव पारित गराउन विपक्षीसहितको समर्थन खोजेको । तर, विपक्षी एमालेले समर्थन नदिएपनि दुई तिहाई जुटाएर पारित गराउने सरकारको गृहकार्य छ । यसका लागि साना दलमाथि सरकारले नजर रााखिरहेको सत्तारुढ दलका एक नेताले बताए । उता विपक्षी एमाले चाहीँ जसरी पनि एक तिहाई संसद विपक्षी गठबन्धनमा राखेर सरकारी प्रस्ताव तुहाईदिने रणनीति बनाएको छ । यस्तो अबस्थामा साना दलका सांसद तानातानमा पर्ने सम्भावना छ ।
हाल संसदमा ५९३ संसद सदस्य छन् । सरकारलाई संसोधन प्रस्ताव पारित गराउनका लागि ३९६ मतको खाँचो पर्दछ । सत्ता गठबन्धनले संविधान संसोधनको पक्षमा ३९८ मत जुटेको दावी गरेको छ । उता विपक्षी एमालेसहितका पार्टीले आफुहरुसँग एक तिहाई मत सुरक्षित रहेको दावी गरेका छन् ।
अहिले सत्तापक्षले आफुसँग काँग्रेसका २०७, माओवादीका ८१, राप्रपाका ३७, राजपा नेपालका २५, लोकतान्त्रिक फोरमका १६, संघीय समाजवादीका १५, नेकपा संयुक्तका ३ र अन्य दलबाट १४ गरी ३९८ सांसद रहेको दावी गरेको छ ।
हाल विपक्षीको खेमामा एमालेका १८१, माले ५, नमकिपा ४, बहुजन पार्टी १, नेपा पार्टी १ सांसदमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग