काठमाडौं, १३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेलगत्तै ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताले भारतीय राजदूत मन्जिभ सिंह पुरीलाई भेटेका छन् ।
स्रोतका अनुसार मंगलबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेर नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारीले राजदूत पुरीलाई भेटेका हुन । भेटमा आसन्न स्थानीय तहको निर्वाचनबारे कुराकानी भएको स्रोतको भनाई छ ।
छलफलका क्रममा भारतीय राजदूत पुरीले ‘तपाईका मागअनुसार सरकार अगाडि बढेको छ । अब त चुनावमा भाग लिनुस्’ भनेर आग्रह गरेका छन् । जवाफमा मधेसी नेताहरुले आफूहरू चुनावविरोधी नभएको स्पष्ट पार्दै चुनावमा सहभागी हुनेबारेमा सोचिरहेको बताएका थिए ।
यता दूतावास बैठकमा सहभागी नेता राजकिशोर यादवले आफूहरु दूतावास गएको र समसामयिक विषयमा सामान्य कुराकानी भएको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर स्थानीय तहको चुनावमा सक्दो सहयोग गर्ने बताएका थिए ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र